छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु


लेखक : सुन्दराञ्चल      मंसिर १५, २०८१ मा प्रकाशित     
छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु

 काठमाडौं मंसिर १५,तारकेश्वर नगरपालिका-८ शेषमती लामबगर शान्तिटोल गेट नजिक सडकमा बा.४ ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर बसमा सवार नुवाकोट ककनी गाउँपालिका-५ बस्ने ५० वर्षीय सन्च बहादुर लामा र ताँदी गाउँपालिका-१ घर भई
काठमाडौं तारकेश्वर नगरपालिका-८ लामबगर बस्ने ५८ वर्षीया सुन्तली ओझाको आज बिहान मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै बसबाट खसेर घाइते भएका बसका सह-चालकलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

मोरङ, रंगेली नगरपालिका-८ चैनडाँडास्थित सडकमा चैनडाँडाबाट शान्ति चोकतर्फ जाँदै गरेको को २ त ३१७२ नम्बरको ट्याक्टर   दुर्घटना हुँदा चालक सोही नगरपालिका-८ शान्ति चोक बस्ने ३७ वर्षीय लाला हेमरम भन्ने प्रतु हेमरमको मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनालाई उपचारको लागि रंगेली अस्पताल पठाइएको छ ।
पर्सा, जगरनाथापुर गाउँपालिका(१ पिडारीस्थित सडकमा प्र.२-०३(००१ त ३६३० नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीय बिरेन्द्र साहको  मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि नारायणी अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१७ अलौ चोक छवगछियास्थित सडकमा ना.८ ख २६११ नम्बरको टिपरले बिआर २२ बिजि १४५२ नम्बरको स्कुटरलाई  बिहान ठक्कर दिँदा स्कुटरमा सवार जिराभवानी गाउँपालिका-५ सखुवनिया बस्ने ३० वर्षीय प्रभु राउत थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी

गरिरहेको छ ।
अर्घाखाँची, सन्धिखर्क नगरपालिका-६ धाराबजारस्थित सडकमा लु,२ ख १४१५ नम्बरको बसको ठक्करबाट पैदलयात्री शितगंगा नगरपालिका-४ अमराई बस्ने १२ वर्षीया बिनिता विकको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त बसको ठक्करबाट घाइते भएकी १ जनालाई थप उपचारको लागि चौरहा अस्पताल बुटवल रिफर गरिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्की, पोखरा महानगरपालिका-२५ याम्दीस्थित सडकमा घान्द्रुकबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १४६० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री रूकुम पूर्व घर भई कास्की पोखरा महानगरपालिका-२५ याम्दी बस्ने ५५ वर्षीया धन कुमारी बुढाको  मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जाजरकोट, भेरी नगरपालिका-१ रावतगाउँस्थित सडकमा डोल्पाबाट नेपालगंजतर्फजाँदै गरेको भे.१ ख १३९६ नम्बरको बसको ठक्करबाट पैदलयात्री नलगाड नगरपालिका-१ चिउरी बस्ने ३७ वर्षीय सुरेश महरको  मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिराहा, सिरहा नगरपालिका(१९ सन्हैठा चोकमा औरहीबाट सिराहातर्फ जाँदै गरेको प्रदेश २- ०१-००१ प ८५२१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५८ वर्षीय पतिराम चौधरीको  मृत्यु भएको छ ।

यसैगरी सिराहा, सिरहा नगरपालिका-९ गुलरिया चोकमा सिराहाबाट चौहर्बातर्फ जाँदै गरेको अन टेष्ट लेखिएको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक नवराजपुर गाउँपालिका-१ तानासुया बस्ने ४५ वर्षीय रंजित मुखियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनालाई थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगर रिफर गरिएको छ ।
रौतहट, राजदेवी नगरपालिका(१ पथरास्थित सडकमा पथराबाट बडहर्वातर्फ जाँदै गरेको बिआर ३० एके १४६५ नम्बरको स्कुटर अनियन्त्रित भई  बिहान दुर्घटना हुँदा स्कुटर चालक सर्लाही चक्रघट्टा नगरपालिका-४ बेलही टोल बस्ने २५ वर्षीय निशान्त अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap