धनगढीमा शनिबारे महिला उद्यम मेलामा नृत्य प्रतियोगिता


लेखक : सुन्दराञ्चल      मंसिर १५, २०८१ मा प्रकाशित     
धनगढीमा शनिबारे महिला उद्यम मेलामा नृत्य प्रतियोगिता

मंसिर १५ ,धनगढी उपमहानगरपालिकाले मंसिर १ गते देखि संचालनमा ल्याएको शनिबारे महिला उद्यम मेलामा आज धनगढी क्षेत्र भित्रका ९ वटा विद्यालयले नृत्य प्रतियोगिता गरेका छन । उनीहरुले राष्ट्रिय गीतमा नृत्य प्रतियोगिता गर्ने गरेको धनगढी उपमहानगरपालिका शिक्षा महाशाखाका प्राविधिक सहायक केशब खत्रीले जानकारी दिए ।

प्रथम हुनेलाई १० हजार, द्वितीयलाई ८ हजार, तृतीयलाई ७ हजार र सान्त्वनालाई ५ हजार पुरस्कार राशी रहेको उनले बताए । मेलामा महिलाले उत्पादन गरेका बिभिन्न बस्तु र खानपिनका कुराहरु राखिने गरेको छ । धनगढीको पार्कमोडमा शुरु गरिएको सो मेलाको उदेश्य घरमै बसेका महिला उद्यमीहरुलाई बजारसंग जोड्ने उदेश्यले धनगढी उपमहानगरपालिकाले मेला शुरु गरेको उनको भनाइ छ ।

मेला हरेक शनिबार दिउँसो २ बजेदेखि बेलुकी ६ बजेसम्म आयोजना हुने गरेको छ । महिला उद्यमीले घरमै उत्पादन गरेका झोला,चप्पल हातले बनाएका सामान,कपडा,दुना ,टप्परी,फाइबरका घर सजावटका फूलहरु महोत्सवका आकर्षक रहेका छन । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले महिलालाई लक्षित गरेर स्वरोजगार बनाउने उदेश्यले सो मेला शुरु गरेको बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap