धनगढीको एरिष्टो स्कुलले गर्‍यो नमुना मतदानको अभ्यास


लेखक : सुन्दराञ्चल      मंसिर १२, २०८१ मा प्रकाशित     
धनगढीको एरिष्टो स्कुलले गर्‍यो नमुना मतदानको अभ्यास

धनगढी मंसिर १२डीले , धनगढीको एरिष्टो स्कुलले नमुना निर्वाचन गराएको छ। धनगढी-८ क्याम्पस चोकमा रहेको विद्यालय बुधवार नमुना मतदान गराएको हो। विद्यालयल सामाजिक विषयको निर्वाचन सम्बन्धी पाठको प्रयोगात्मक अभ्यास गराउन नमुना निर्वाचनको अभ्यास गराएको विद्यालयका सामाजिक शिक्षक विकास विश्वकर्माले बताए। उनले मंसिर २ गतेबाट सुरू भएको निर्वाचन प्रक्रिया मंसिर १२ मा आएर निर्वाचन परिणामको घोषणासँगै समाप्त भएको हो। विद्यालयले नमुना निर्वाचनका लागि विद्यार्थीहरू सम्मीलित नमुना निर्वाचन आयोग गठन गरेर विद्यार्थीहरूलाई चार वटा विचार समूहका आधारमा चुनावी घोषणापत्र लेख्न लगाई उम्मेदवारी दर्ता देखि चुनावी प्रचारप्रसार पश्चात् मौन अवधिको अभ्यास गराउँदै निर्वाचन गराएको शिक्षक विश्वकर्माले बताए।आवधिक निर्वाचनमा प्रत्यक्ष र समानुपातिक निर्वाचनको समेत अभ्यास गराइएको हो। प्रतिनिधि सभाको गठन र काम कर्तव्य र अधिकारको बारेमा विद्यार्थीहरूमा जीवन्त सिकाइ गर्न निर्वाचन प्रक्रियाको अभ्यास गर्न लगाइएको अर्का शिक्षक तेजराज कापडीले बताए।

उनले एरिष्टो स्कुलले किताबी ज्ञानमा मात्र सीमीत नभएर राजनीतिक पार्टी, लोकतन्त्र, निर्वाचन प्रक्रिया तथा प्रतिनिधी सभाको  महत्व बारे प्रयोगातत्मक  सिकाइका निर्वाचनको अभ्यास गराइएको बताए विद्यार्थीलाई किताबमा मात्र सिमित नबनाएर  प्रयोगात्मक रुपमा सिकाउँदा अझै प्रभाकारी हुने भएकाले विद्यालयले प्रयोगात्मक अभ्यास गराएको विद्यालयले जनाएको छ। निर्वाचनमा फरकफरक चार समूहबाट विद्यार्थीका कक्षागत प्रतिनिधि छनोट गर्न निर्वाचन गरिएको हो।

चुनाव मार्फत कक्षा नेता र उप-नेताको चयन गरिने, र विद्यालयमा विद्यार्थीले पालन गर्नुपर्ने आचारसंहिता निर्माण गर्न कक्षाका नेता र उप- नेता तथा समानुपातिक प्रणाली मार्फत छनोट भएका विद्यार्थी प्रतिनिधिको सहभागिता रहने शिक्षक विकास विश्वकर्माले बताए। नमुना निर्वाचन सम्पन्न गर्न विद्यालयका छात्र गौरव उपाध्यायको नेतृत्वमा नमुना निर्वाचन आयोग गठन गरेर दल अर्थात् समूह दर्ता, उम्मेदवारी दर्ता र चुनावी आचारसंहिताको निर्माण र कार्यान्वयन गरिएको थियो। अभ्यासबाट निर्वाचन प्रणाली बारे पूर्ण जानकारी दिन र प्रतिनिधि सभाको कार्यबारे जानकारी दिन नमुना निर्वाचनको अभ्यास गरिएको र यसबाट सजिलै निर्वाचन आयोग,निर्वाचन र प्रतिनिधि सभाको काम कर्तव्य र अधिकार बारे थाहा हुने नमुना निर्वाचन आयोगका मुख्य निर्वाचन आयुक्त गौरव उपाध्यायले बताए।

No description available.No description available.No description available.No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap