गरिबीले चुलो बाल्न धौ धौ भएपछि,तिहारको मुखैमा एकै गाउँका ३० जना युवा रोजगारी खोज्न भारत पलायन


लेखक : सुन्दराञ्चल      कार्तिक ८, २०८१ मा प्रकाशित     
गरिबीले चुलो बाल्न धौ धौ भएपछि,तिहारको मुखैमा एकै गाउँका ३० जना युवा रोजगारी खोज्न भारत पलायन

बैतडी- कार्तिक ०८, आँगनमा फुलेका सयपत्री र मखमली फूलले तिहार पर्खिरहे पनि गरिबीले चुलो बाल्न धौ धौ भएपछि एकै गाउँका ३० जना युवा बालबच्चासहित भारत पलायन भएका छन् । तिहारको मुखैमा घरको ढोकामा ताल्चा लगाएर रोजगारी खोज्न सिङ्गै गाउँ भारतको बैङ्लोर हिँडेपछि सदरमुकामको तिरगाउँ सुनसान बनेको छ ।

दशरथ चन्द नगरपालिका–४, तिरगाउँका २२ वर्षीय हरिस तिरुवा चार कोठको घरमा ताला लगाएर बालबच्चासहित भारत हिँडेपछि मङ्गलबार गाउँमा रुवाबासी चल्यो । हरिससँगै गाउँका दीपक तिरुवा, महेश तिरुवाको परिवार पनि भारत हिँडेका छन् । स्वदेशमा गरिखान पर्याप्त जग्गा जमिन नभएको र ज्यामी काम नपाउँदा छोरा भारत पलायन भएको मदन तिरुवाले पीडा सुनाए ।

रोजगारी खोज्न भारत जाने घरपरिवारलाई बिदाइ गर्न सडकसम्म आइपुगेका मदन तिरुवाले जिल्ला सदरमुकाममै रोजगारीको बाटो नभएको बताए । उनले, स्थानीय तहको सरकारले डोजर मेसिन भित्र्याएपछि मजदुरले काम पाउन छाडेको बताए ।

उनले भने “दशरथ चन्द नगरपालिका–४, बाडीलेक गाउँबाट मात्रै ६० जना युवा रोजगारी खोज्न भारत गएका छन् । तीमध्ये ३५ जना मुक्त हलियाका छन् ।” स्थानीय तहले बेरोजगारीलाई एक सय दिनको रोजगारी दिँदै आएको भए पनि मुक्त हलिया समेटिन नसकेको उनले बताए । गोरखापत्रबाट

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap