फूलपातीको अवसर पारेर बिहीबारदेखि तीन वटा नेपाली फिल्म प्रदर्शनमा


लेखक : सुन्दराञ्चल      अशोज २४, २०८१ मा प्रकाशित     
फूलपातीको अवसर पारेर बिहीबारदेखि तीन वटा नेपाली फिल्म प्रदर्शनमा

काठमाडौँ असोज २४, फूलपातीको अवसर पारेर बिहीबारदेखि तीन वटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘छक्का पन्जा– ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ देशभरका हलमा प्रदर्शनमा आएका हुन् । यसरी फिल्म जुध्दा सबैलाई असर पर्छ नै । किनभने दर्शक बाँडिनु व्यापारिक हिसाबले सुखद होइन । यद्यपि बजारमा तीनै वटै फिल्मको चर्चा राम्रो छ । सबै निर्माता निर्देशक आफ्नो फिल्मले व्यवसाय गर्ने बताउँदै आएका छन् ।‘छक्का पन्जा–

‘छक्का पन्जा’को सिरिजलाई निरन्तरता दिँदै दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले ‘छक्का पन्जा– ५’ बनाएका हुन् । फिल्मको यसअघिका सिरिजले व्यवसायमा रेकर्ड बनाउँदै आएकोले यसले पनि राम्रो व्यवसाय गर्ने अपेक्षा निर्माण पक्षको छ ।

कुनै समय नेपाली फिल्म क्षेत्रमा राज गरेका एक्सन स्टार बिराज भट्टले निर्देशन गरेको फिल्म हो, ‘१२ गाउँ’ ।

ज्वाइँ साब

दीपक–दीपाको टिमबाट बाहिरिएका जितु नेपालको मुख्य भुमिका रहेको फिल्म हो, ‘ज्वाइँ साब’ । यो फिल्मका निर्माण पक्षले पनि दर्शकको मन जितिने विश्वास लिएको छ ।

फिल्मको ट्रेलरमा गोवर्द्धन पण्डित नामक एक गाउँको अर्धबैँसे पात्रको कथा देखिन्छ । उसको विवाह हुन सकेको छैन । त्यसैले योग्य वधुको खोजीमा छ । विवाहका लागि प्रतिस्पर्धा मार्फत उनी छानिछन् ।

फिल्ममा जितुको अलवा नीति शाह, बुद्धि तामाङ र शिवु पाण्डे अभिनय छ । वसन्त निरौला निर्देशित फिल्म रेड आई फिल्मसको प्रस्तुति र मौसम फिल्मसको सहकार्यमा निर्माण भएको हो । फिल्ममा प्रस्तुतकर्ता राजकुमार पण्डित हुन् ।रातोपाटीबाट

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap