अछाम बाब्लामा दसैँतिहारको बिदामा टोल कक्षा सञ्चालन


लेखक : सुन्दराञ्चल      अशोज २०, २०८१ मा प्रकाशित     
अछाम बाब्लामा दसैँतिहारको बिदामा टोल कक्षा सञ्चालन

अछाम आश्विन २० : दसैँतिहार बिदाको बिदा, घरनजिकैको खुला ठाउँ, विद्यार्थी कापीकिताब लिएर जम्मा हुन्छन् । कोही गृहकार्यमा जुट्छन् भने कोही अलमल परेको विषयमा शिक्षकलाई सोध्छन् । कोही गणितका हिसाबमा शिक्षकसँग सोध्ने गर्छन् । कोही साथीसँगको सल्लाहमा छन् । अछामको साँफेबगर नगरपालिका–१३, बाब्लामा बिहान हरेक टोलमा यस्तै दृश्य देखिन्छन् ।

बाब्लामा दसैँतिहारको बिदामा विद्यालयकै झल्को दिने गरी टोल कक्षा सञ्चालन थालिएका छन् । बाब्लामा रहेका मावि र आधारभूत गरेर छ विद्यालयका विद्यार्थीलाई १२ टोलमा कक्षा सञ्चालन गरिएको छ । कक्षा १० सम्मका विद्यार्थीलाई उनीहरूकै पायक पर्ने गरेर टोलमै बिहान तीन घण्टा कक्षा सञ्चालन गरिएको छ । टोलको साझा ठाउँमा त्यस टोलका विद्यार्थीलाई विभिन्न कक्षाका समूहमा कक्षा लिन थालिएको शिक्षक रमानन्द जोशीले जानकारी दिए ।

टोल कक्षामा स्थानीय १२ कक्षाका विद्यार्थीलाई स्वयंसेवक शिक्षक भनेर परिचालन गरिएको छ । स्वयंसेवक शिक्षकले निःशुल्क रूपमा सम्बन्धित टोलमा बिहान ७ बजेबाट १० बजेसम्म विद्यार्थीलाई सहजीकरण गर्ने जिम्मेवारी छ । कक्षा १२ मा अध्ययनरत २४ जना विद्यार्थीलाई एक दिनको प्रशिक्षण दिएर टोल कक्षा प्रारम्भ गरिएको छ ।

टोल कक्षा सञ्चालनका लागि राष्ट्रिय मावि बाब्लाका शिक्षकहरू हरेक टोलमा गएर टोल कक्षा सञ्चालन आवश्यकता, अभिभावकको दायित्व र बालबालिकाको अधिकारका बारेमा अभिभावकसँग छलफल गरेको बताइएको छ । वडामा रहेका पाँच वटा आधारभूत विद्यालय र व्यवस्थापन समितिसँगको समन्वयमा सबै सहमत भएपछि टोल कक्षामा एकमत भएपछि कक्षा थालनी गरिएको राष्ट्रिय माविका प्रधानाध्यापक तिलक कुँवरको भनाइ छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap