आज कोशी, बागमती र गण्डकीका विभिन्न ठाउँमा वर्षा हुने


लेखक : सुन्दराञ्चल      अशोज २०, २०८१ मा प्रकाशित     
आज कोशी, बागमती र गण्डकीका विभिन्न ठाउँमा वर्षा हुने

आश्विन २०,  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।  गण्डकी प्रदेशको थोरै स्थानहरू र बागमती तथा कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

यस्तै आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भने हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap