धादिङको झ्याप्ले खोलामा पहिरोले पुरिएका तीन गाडीबाट ३५ यात्रु निकालिए


लेखक : सुन्दराञ्चल      अशोज १३, २०८१ मा प्रकाशित     
धादिङको झ्याप्ले खोलामा पहिरोले पुरिएका तीन गाडीबाट ३५ यात्रु निकालिए

आश्विन १३,धादिङको झ्याप्ले खोलामा पहिरोले पुरिएका तीन गाडीबाट ३५ यात्रुको शव निकालिएको छ भने अझै मृतकको संख्या थपिन सक्ने आकलन गरिएको छ।

धुनिबेसी नगरपालिका–९, झ्याप्ले खोलामा असोज १२ गते साँझ एउटा माइक्रोबस पुरिए जस्तो देखिएको थियो। त्यसलाई पछ्याउँदै पहिरो पन्छाउँदा तीन गाडी पुरिएको भेटिएका हुन्। आइतबार मध्याह्नसम्म तीन वटा गाडीबाट ३५ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए। “अहिलेसम्म ३५ जना मृत भेटिएका छन्, यो संख्या बढ्न सक्ने देखिएको छ,” थापाले भने।

बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस १४, चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रोबसमा १६ र गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसमा पाँच जनाको शव भेटिएको थापाले बताए।

बुटवलबाट काठमाडौं आउँदै गरेको माइक्रोबसबाट शनिबार राति नै १४ जनाको शव निकालिएको थियो। थप वरपर पहिरो पन्छाउँदा अर्को माइक्रोबस देखिएको थियो। चितवनबाट आएको त्यो माइक्रोबसबाट १६ यात्रुको शव निकालिएको हो। त्यसलगत्तै गोरखाबाट आएको बस पहिरोमा पुरिएको अवस्थामा भेटिएको थापाले जानकारी दिए।

बसमा सवार पाँच जनाको शव भेटिएको छ। त्यसमा थप यात्रु हुन सक्ने अनुमान गरेर पहिरो पन्छाउने कार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। ठूलो पहिरो खसेकाले अझै साना सवारी साधान पुरिएको हुनसक्ने आशंका गरिएको छ।

दुई दिन लगातार परेको झरीपछि आएको बाढीपहिरोमा परि देशभर १२९ जनाले ज्यान गुमाएका छन्। अझै ६२ जना हराइरहेको नेपाल प्रहरीले जनाएको छ। बाढीपहिरोमा परि ८६ जना घाइते भएका छन्। उनीहरूको काठमाडौं लगायत विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यो अवधिमा सुरक्षाकर्मी र सर्वसाधारणले तीन हजार २६६ जनाको उद्धार गरेका छन्।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap