अफ्रिका कप अफ नेसन्सको ड्र सार्वजनिक


लेखक : सुन्दराञ्चल      भदौ २, २०७८ मा प्रकाशित     
अफ्रिका कप अफ नेसन्सको ड्र सार्वजनिक

२ भदौ, काठमाडौं । क्यामरुनमा अर्को वर्ष आयोजना हुने अफ्रिका कप अफ नेसन्स फुटबलको ड्र सार्वजनिक गरिएको छ । ड्र मा  सहभागी २४ राष्ट्रलाई ६ समूहमा विभाजन गरिएको छ ।

अफ्रिकन फुटबल महासंघले सार्वजनिक गरेको ड्र अनुसार साविक विजेता अल्जेरिया समूह ई मा परेको छ । समूह ई मा अल्जेरियासँगै आइभरीकोस्ट, सिएरा लियोन र इक्वेटोरियल गिनी छन् । आयोजक क्यामरुन समूह ए मा रहेको छ । यस समूहमा बुर्किना फासो, इथिओपिया र केप भार्डे छन् । यस्तै समूह बी मा सेनेगल, जिम्बावे, गिनी र मालवी तथा समूह सी मा मोरक्को, घाना, कोमोरोस र गाबोन छन् ।

समूह डी मा इजिप्ट, नाइजेरिया, सुडान र गिनी बिसाउ छन् । समूह एफ मा ट्युनिसिया, माली, मौरीटेनिया र गाम्बिया छन् । समूह चरणको खेलपछि समूह विजेता, उपविजेतासँगै तेस्रो हुने उत्कृष्ट चार टिमले पनि नकआउट चरणमा स्थान बनाउने छन् । प्रतियोगिता ३३औं संस्करण २०२२ को जनवरी ९ देखि फेब्रुअरी ६ सम्म आयोजना हुनेछ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap