प्रदेशसभाको बैठक २० मिनेटका लागि स्थगित


लेखक : सुन्दराञ्चल      भदौ ३१, २०८१ मा प्रकाशित     
प्रदेशसभाको बैठक २० मिनेटका लागि स्थगित

धनगढी- भदौ ३१,सुदूरपश्चिम प्रदेश सभाको बैठक २० मिनेटका लागि स्थगित गरिएको छ । आज बसेको प्रदेश सभाको बैठक प्रतिपक्षी दल माओवादी केन्द्र र एकीकृत समाजवादीको अवरोधपछि स्थगित भएको हो ।

प्रदेशसभाको बैठक सुरु भएपछि माओवादी केन्द्रका दलका उपनेता अक्कल रावलले आफ्ना भनाइ राखेका थिए । उनले आजको बैठकमा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको बताउँदै बजेट असंवैधानिक बाटो ल्याउन खोजिएको बताए ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap