अरुलाई पीडा दिएर आनन्द लिने रोग साइकोपाथ के हो ?


लेखक : सुन्दराञ्चल      भदौ २६, २०८१ मा प्रकाशित     
अरुलाई पीडा दिएर आनन्द लिने रोग साइकोपाथ के हो ?

काठमाडौं  भदौ २६ ,भदौ ७ गते सापटी लगेको रकम फिर्ता माग्दै फोन गरेर टेकु दोभान बोलाइएपछि एक युवक साँझपख त्यहाँ पुग्छन् । त्यसपछि उनलाई अपहरणको शैलीमा गाडीमा हालिन्छ । आफूहरू सादा पोसाकको प्रहरी भएको बताउँदै लगनको एक घरभित्र लगिन्छ ।

त्यहाँ एक व्यक्तिले पर्खाल प्वाल पार्ने ड्रिल मेसिन निकाल्छन् र ती युवकलाई सोध्छन्- ‘ड्रिल गरौं कि आइरन घोटौं ?’

बाध्य भएर ती युवाले आइरन रोज्छन् । नाङ्गो शरीरमा तातो आइरनले पोलिन्छ । मलद्वारमा लट्ठी घुसार्दै करिब तीन घण्टासम्म चरम यातना दिएपछि ती युवालाई छाडिन्छ । यसरी चरम यातना दिएर आनन्द लिने आशिष देउला अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा छन् । दुई जना किशोरलाई बन्धक बनाएर यातना दिएको आरोपमा उनी पक्राउ परेका हुन् ।

माथिको घटनामा संलग्न देउलाले यो सब के कारणले गरेका हुन् भन्ने तथ्य बाहिर आइसकेको छैन ।

केही समयअघिको कुरा हो । इलामको देउमाई नगरपालिका-९ जितपुर बस्ने २१ वर्षीय दीक्षान्त मोरोहाङ लिम्बू, सोही स्थान बस्ने १७ वर्षीय संगम लिम्बू र १७ वर्षकै अशोक लिम्बू लगायतले एउटा कुकुरको बच्चालाई क्रूरतापूर्वक कुटपिट गर्छन् । कुकुर पीडाले छटपटाउँछ, चिच्याउँछ । नजिकै खाल्डो खन्छन् र कुकुरलाई जिउँदै पुरिदिन्छन् । ती केटाहरुले कुकुरलाई क्रूरतापूर्वक कुटपिट गर्दै खाल्डोमा पुरेको भिडियो बनाउँछन् र भूतप्रेत नामक फेसबुक एकाउन्टमा पोस्ट गर्छन् ।

****

यी दुई फरक घटना भएपनि दुवैमा एउटै प्रवृत्ति देखिन्छ, अरुलाई पीडा दिएर आनन्द लिने । चिकित्सकका अनुसार यो एक किसिमको मानसिक विकार हो, जसलाई चिकित्सकीय भाषामा साइकोपाथ भन्ने गरिएको छ ।

के हो साइकोपाथ ?

साइकोपाथलाई एक प्रकारको ‘एन्टीसोसल पर्सनालिटी डिसअर्डर’का रुपमा लिइन्छ । यस विकारमा मानिसहरूमा सही र गलत, सहानुभूति वा अन्य मानिसहरूको भावना बुझ्ने क्षमता कम हुन्छ । सहानुभूति नहुनु साइकोपाथहरुमा हुने एक विशिष्ट चरित्र भएको मनोचिकित्सक डा. सगुनबल्लभ पन्त बताउँछन् ।

‘कसैको उन्नति प्रगति देख्दा इर्ष्या गरेर त्यो व्यक्तिलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बिगार गर्न खोज्ने र त्यसो गर्दा उसलाई पीडा हुन्छ भन्ने कुराको सहानुभूति राखिंदैन भने त्यो ‘एन्टीसोसल पर्सनालिटी डिसअर्डर’ हो’ उनी भन्छन् ।

कसैको सानै उमेरदेखि साना जनावरलाई मारिदिने, बाटोमा हिंड्दै गर्दा विना कारण कुकुरलाई कुट्ने लगायत गतिविधि गर्छन् । मैले यसो गर्दा अरूलाई दु:ख हुन्छ भन्ने भावना नै हुँदैन । पछुतो नहुने र सहानुभूति नहुने हुन्छ भने त्यस्ता व्यक्तिलाई साइकोपाथ विकार हुनसक्ने पन्त बताउँछन् ।

साइकोपाथको समस्या भएको व्यक्तिले सानो गल्ती गरेर बिस्तारै गल्तीहरू बढाउँदै जान्छ । यस्ता व्यक्तिले आफ्नो आवश्यकता पूरा गर्न अरूको भावना वा समस्याको कदर गर्दैन । अर्को व्यक्तिले आफ्नो भावना वा समस्याको बारेमा कुरा गरे पनि उसले तिनीहरूलाई ध्यान नदिने उनी बताउँछन् ।

साइकोपाथको कारण

कोही व्यक्तिमा साइकोपाथ विकार छ भने त्यसमा अलिकति वंशाणुगत प्रभावसँग जोडिन सक्छ । जस्तो- परिवारमा रगतको नाता जोडिएका सदस्य ‘एन्टिसोसल पर्सनालिटी डिसअर्डर’ भएको व्यक्ति छ भने अर्कोमा पनि यो समस्या हुनसक्ने डा. पन्त बताउँछन् ।

‘एन्टीसोसल पर्सनालिटी डिसअर्डर अन्तर्गतको साइकोप्याथ रक्सीजन्य पदार्थ र लागूऔषध दुर्व्यसनसँग पनि सम्बन्धित हुन्छ’ उनले भने ।

बाल्यकालमा कुनै आघातजन्य घटनाको अनुभव, बाल्यकालमै टुहुरोपन वा अभिभावकको बीचको निरन्तर झगडा, घरेलु हिंसा, यौनजन्य हिंसा भएको अवस्थामा तथा युद्धबाट प्रभावित बालबालिकामा यो समस्या देखिन सक्ने पन्त बताउँछन् ।

साइकोपाथको उपचार सम्भव छ ?

अन्य मानसिक समस्याको तुलनामा पर्सनालिटी डिसअर्डरको उपचारलाई कठिन मानिन्छ । अझै ‘एन्टीसोसल पर्सनालिटी डिसअर्डर’ उपचार गर्न गाह्रो हुन्छ । किनकि यस्ता व्यक्ति उपचारको पहुँचमा नै नहुने मनोचिकित्सक डा. पन्त बताउँछन् ।

‘त्यस्ता व्यक्तिलाई उपचारमा लैजाने, उपचार फलोअप गराउने व्यक्ति नै हुँदैनन् । किनकि यस्ता व्यक्ति सम्बन्धबाट नै टाढा भाग्ने गर्छन् । तर बाल्यावस्थामै यो समस्या पत्ता लाग्यो भने तुरुन्त मानसिक रोग विशेषज्ञसँग भेटाएर उपचार गराउन सकियो भने पछि हुने समस्यालाई कम गर्न सकिन्छ’ उनी भन्छन् ।

अरूलाई हानि पुर्‍याउने साइकोसिसको समस्यामा पनि हुनसक्छ

अरूलाई हानि गर्ने मनसाय कडा प्रवृत्तिको मनोरोग साइकोसिसको समस्या भएको व्यक्तिमा पनि हुन्छ । साइकोसिसको समस्यामा मेरो विरुद्ध षड्यन्त्र भइरहेको छ, मलाई बिगार्न खोजिएको छ भन्ने सोच आएर यसले मलाई हानि पुर्‍याउन आँट्यो बरु म नै यसलाई हानि पुर्‍याउछु भनेर हानि पुर्‍याउने हुन्छ । तर यो समस्यामा अरूलाई हानि पुर्‍याएर आनन्द आउने भने नहुने डा. पन्त बताउँछन् ।सुमित्रा लुईटेल

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap