गाउँनै रित्तिएपछि कसैको मृत्यु हुँदा घाटसम्म शव पुगाउन मान्छे पाउन छोड्यो


लेखक : सुन्दराञ्चल      भदौ १८, २०८१ मा प्रकाशित     
गाउँनै रित्तिएपछि कसैको मृत्यु हुँदा घाटसम्म शव पुगाउन मान्छे पाउन छोड्यो

सिन्धुली भाद्र १८,  : बिस्तारै गाउँ रित्तिँदै गएपछि मलामी पाउन पनि मुस्किल पर्न थालेको छ । सिन्धुलीको तीनपाटन गाउँपालिका–७ मा आइतबार कृष्णमाया पहाडीको मृत्यु हुँदा मलामीको अभावमा केही समय शव उठाउन पनि समस्या भयो । गाउँभरि हारगुहार गरी एक महिला र तीन पुरुष जम्मा भएपछि उनको शव उठेको हो ।
तोश्रामखोला गाउँकी ६५ वर्षीया पहाडीको आइतबार मृत्यु भएको हो । उनको सद्गतका लागि घाट लैजान शव बोक्ने मानिस चार जना मात्र थिए । गाउँकै हिम्मतिली महिला मनमाया अधिकारी शव बोक्न कस्सिएपछि कृष्णमायाको शव उठ्न सम्भव भएको हो ।

केही वर्षअघिसम्म भने गाउँमा कसैको मृत्यु हुँदा ५० जना मलामी नघट्ने गरेको वडाध्यक्ष युवराज पहाडीले बताए । बिरामी कृष्णमायाको निधन भएपछि उनका छोरा, वडाध्यक्ष, वडाध्यक्षका भाइ तोयानाथ र अर्का एक जनाले डेढ घण्टा शव बोकेर वाक्सुखोलामा रहेको घाटसम्म पुर्‍याएका थिए । वडाध्यक्ष पहाडी पनि सोही गाउँका हुन् । मृतक कृष्णमायाका एक छोरा र दुई छोरी छन् ।

सिंगो वडामा चार सयभन्दा बढी घरधुरी छन् । गाउँमा ७० घरभन्दा बढीको बसोबास छ । त्यीमध्ये क्षत्री–ब्राह्मणका ८ घर रहेका छन् । ती ८ घरका पुरुष कोही विदेश छन् भने केही राजधानीतिर अध्ययन र रोजगारीमा रहेका छन् । क्षेत्री–ब्राह्मणको शव जनजाति र दलित समुदायले छुन नहुन चलन रहेकाले पनि समस्या भएको वडाध्यक्ष पहाडीले बताए । ‘एक त गाउँ रित्तिँदै छ,’ उनले भने, ‘त्यसमाथि यस्ता रुढीवादी संस्कारले झन् ठूलो समस्या ल्याएको छ ।’

स्थानीय काशीराज दाहालका अनुसार पहिला गाउँमा जुनसुकै जातका पनि टन्न मानिस हुन्थे । अर्मपर्म र मृत्यु संस्कारमा छिमेकी गाउँबाट समेत मानिसहरू जम्मा हुन्थे । ‘अहिले बिस्तारै गाउँ रित्तिँदै छ,’ उनले भने, ‘अहिले आएर शवलाई काँध दिने आफन्त तथा छिमेकीसमेत पाउन मुस्किल भयो ।’ तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगर आफूले जान्दासमेत अहिलेसम्म यस्तो नभएको बताए । गाउँ रित्तिँदै गएको कुराले आफू झस्किएको उनको भनाइ छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap