छैठौं बिमस्टेक शिखर सम्मेलन तत्कालका लागि स्थगित


लेखक : सुन्दराञ्चल      भदौ ११, २०८१ मा प्रकाशित     
छैठौं बिमस्टेक शिखर सम्मेलन तत्कालका लागि स्थगित

काठमाडौं भाद्र ११, । थाइल्यान्डमा यही भदौ १८ र १९ मा हुने भनिएको छैठौं बिमस्टेक शिखर सम्मेलन तत्कालका लागि स्थगित भएको छ। राजनीतिक परिवर्तनका कारण थाइल्यान्डको विदेश मन्त्रालयले सम्बन्धित मुलुकहरूलाई पत्राचार गर्दै हालका लागि शिखर सम्मेलन गर्न नसक्ने भन्दै पछि सार्नुपर्ने जनाएको हो ।

गत साउन ३० मा थाइल्यान्डको संवैधानिक अदालतले निवर्तमान प्रधानमन्त्री स्रेथा थाविसिनलाई नैतिक उल्लंघन गरेको ठहर गर्दै पदमुक्त गरेको थियो । त्योसँगै बिमस्टेक सम्मेलन हुने वा नहुने भन्ने प्रश्न उठेको थियो । साउन ३२ मा ३७ वर्षीया पेतोङतार्न सिनावात्रा प्रधानमन्त्री बन्नुभएको थियो । थाइल्यान्डको विदेश मन्त्रालयले नयाँ सरकार गठन भएसँगै आवश्यक संसदीय प्रतिक्रिया र कानुनी प्रक्रियाहरुले गर्दा समयमै बिमस्टेक शिखर सम्मेलन गर्न नसक्ने जनाएको हो ।

शिखर सम्मेलनको नयाँ मिति भने सबै सदस्य मुलुकहरूसँग छलफल गरेर मात्रै तय गरिने जनाइएको छ । सन् १९९७ मा स्थापना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकमा नेपाल सन् २००४ मा सदस्य बनेको थियो । बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । बिमस्टेकले स्थापनाको २६ वर्षमा सन् २०२२ मा बडापत्र ल्याएको थियो ।

यता, बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । त्यहाँको राजनीतिक अवस्था अझै सामान्य भएको छैन । बंगलादेशको भन्दा २ वर्ष अघि राजनीतिक परिवर्तन भएको छ ।

श्रीलंकामा सेप्टेम्बर २१ मा प्रधानमन्त्रीको चुनाव छ । त्यसअघि हुने बिमस्टेक सम्मेलनमा उच्चस्तरीय सहभागिता हुनेमा आशंका थियो । उता म्यानमारको द्वन्द्व अझै समाधान भएको छैन । यस्तोमा थाइल्याण्डमा प्रधानमन्त्री परिवर्तन भएपछि बिमस्टेक सम्मेलन नै प्रभावित भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण थाइल्यान्डबाटै गर्ने तयारीमा हुनुहुन्थ्यो । तर अब प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण संयुक्त राष्ट्र संघको ७९ औं महासभा हुने भएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap