महेन्द्रनगरबाट काठमाण्डौँ जादैँ गरेको महाकाली यातायातको बस दुर्घटना,


लेखक : सुन्दराञ्चल      भदौ ९, २०८१ मा प्रकाशित     
महेन्द्रनगरबाट काठमाण्डौँ जादैँ गरेको महाकाली यातायातको बस दुर्घटना,

 भाद्र ९,  महेन्द्रनगरबाट काठमाण्ठौंका लागि छुटेको महाकाली यातायात प्रालिको बस आईतबार विहान नारायणघाट मुग्लिन सडक खण्डमा दुर्घटना हुँदा १७ जना घाईते भएका छन ।

महाकाली यातायात प्रालिका अध्यक्ष डम्बर पन्तले दिएको जानकारी अनुसार सुप्र.प्र.०२–००१ ख १३३२ नंम्बरको सुपर एससी बस आज विहान सवा ७ बजे चितवनको भरतपुर महानगरपालिका २९ घुमाउनेमा अनियन्त्रित भइ सडकको छेवैमा बनाइएको डिभाइडरमा पल्टिएको हो ।
सडक किनारमा बनाईएको बारले रोकेपछि बस त्रिसु्ली नदीमा खस्नबाट जोगाएको हो । सडकको करिब एक सय मिटर तल त्रिशुली नदी छ । बस दुर्घटनामा हुँदा १७ जना घाईते भएका र तीन जनाको अवस्था गम्भिर रहेको पन्तले बताए ।

घाईते सबैलाई चितवन मेडिकल कलेजमा लगिएको छ । घाईतेलाई उपचारको लागी भरतपुर तर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले बताए । दुर्घटनापछि उक्त स्थानमा बाटो एकतर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ ।
सामान्य घाईतेहरु
१) भीमदत्त ननगरपालिका १० का चालिस वर्षीय तारा भट्ट
२) भीमदत्त ननगरपालिका १० का २० वर्षीय दिपेश भट्ट
३) भीमदत्त ननगरपालिका ८ का ३७ वर्षीय दिल बहादुर सुनार
४) भीमदत्त नगरपालिका ३ का २३ वर्षीय समिदेवल राना
५) भीमदत्त नगरपालिका ७ का ३४ वर्षीय धरम खड्का
६) भीमदत्त नगरपालिका ९ का २५ वर्षीय भिमसेन सार्की
७) भीमदत्त नगरपालिका ४ का २३ वर्षीय विनोद सार्की
८) कैलालीको लम्कीचुहा ३ की २३ वर्षीय हरिकला थापा
९) कैलालीको लम्कीचुहा ३ का १९ वर्षीय कैलाश विक
१०) कैलालीको लम्कीचुहा ३ कै २७ वर्षका कृष्ण विक
११) कैलालीको लम्कीचुहा ३ का ३५ वर्षीय जयन्ती बिक
१२) गोदावरी नगरपालिका बस्ने ३७ वर्षिय शेर बहादुर विष्ट

मध्यम घाईतेहरु
१) बझाङको बित्थडचिर गाउँपालिका ४ का २२ वर्षीय बसन्त बोहोरा

२) दार्चुलाको महाकाली नगरपालिका ६ का २३ वर्षीय लक्ष्मण बम
३) बैतडीको दशरथचन्द नगरपालिका २ का ३७ वर्षीय जनक विजाली
४) डडेलधुराको गन्यापधुरा गाउँपालिका ३ का ३३ वर्षीय देवबहादुर भुल

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap