धनगढीमा हुने सुदूरपश्चिम गौरा महोत्सव अब भदौ १० देखी हुने


लेखक : सुन्दराञ्चल      भदौ ८, २०८१ मा प्रकाशित     
धनगढीमा हुने सुदूरपश्चिम गौरा महोत्सव अब भदौ १० देखी हुने

धनगढी,भदौ ८ गते।  धनगढीमा हुने गौरा महोत्सवको मिति सारिएको छ। सुदूरपश्चिम प्रज्ञा– प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा धनगढीमा हुने गौरा महोत्सवको मिति सारिएको हो।

यसअघि भदौ ८, ९ र १० गते हुने भनिएको महोत्सवको मिति भदौ १०, ११ र १२ गते सारिएको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका उपकुलपति डा। टीएन जोशी र देउडा प्रतिष्ठानका अध्यक्ष दल बहादुर बोगटी जारी जारी सूचनामा विविध कारणवश महोत्सवको मिति सारिएको उल्लेख छ।

देउडा महोत्सवको भदौ १० गते दिउँसो २ बजे धनगढीस्थित पुरानो एयरपोर्ट (खुला मञ्च) मा आयोजना हुने जनाइएको छ। महोत्सवमा यस वर्ष विद्यालय स्तरिय खुला देउडा प्रतियोगिता आयोजना गरिने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जोशीले बताए। डेउडा प्रतियोगितामा प्रथम हुनेलाई ११ हजार १ सय ११, द्वितीय हुनेलाई ७ हजार ७ सय ७७, तृतीय हुनेलाई ५ हजार ५ सय ५५ र सान्त्वना हुनेलाई ३ हजार ३ सय ३३ नगद सहित प्रमाणपत्र प्रदान गरिने डेउडा प्रतिष्ठानले जनाएको छ । गौरा महोत्सवमा सहभागी हुनका लागि सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले सबैलाई आह्वान गरेको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap