बागेश्वरीको टीभीएस शोरुममा नयाँ अफर, छुटसहित आकर्षक उपहार


लेखक : सुन्दराञ्चल      भदौ ६, २०८१ मा प्रकाशित     
बागेश्वरीको टीभीएस शोरुममा नयाँ अफर, छुटसहित आकर्षक उपहार

धनगढी भदौ ६ , धनगढीस्थित बागेश्वरी अटोमोटिभ्स र अत्तरियास्थित बागेश्वरी मल्टीमोटर्समा ग्राहकहरुका लागि नयाँ अफर सार्वजनिक गरिएको छ ।

बागेश्वरीका दुबै शोरुममा टीभीएसका मोटरसाइकल र स्कुटरको सेल्स र सर्भिसमा यो भदौ महिना ९एक महिना०का लागि नयाँ अफर ल्याइएको हो । जस अन्तर्गत सेल्स र सर्भिसमा छुटको व्यवस्था गरिनुका साथै आकर्षक उपहारको व्यवस्था गरिएको बागेश्वरी अटोमोटिभ्सका सञ्चालक प्रेम साउँदले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकल र स्कुटरको सर्भिसमा लेभर चार्जमा १० प्रतिशत छुट र स्पेयर पार्टसमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै पाँच हजार भन्दा माथिको बिलमा आकर्षक उपहारको पनि व्यवस्था गरिएको छ ।

यसैगरि सर्भिस अन्तर्गत एक वर्षभन्दा पूराना ग्राहकहरुका लागि ‘एमसी बुक’को सुबिधा पनि दिइने सञ्चालक साउँदले बताए । जस अन्तर्गत वर्षमा ६ पटक लेभर चार्ज फ्रि गरिनेछ । यसैअन्तर्गत हरेक पुराना ग्राहकलाई स्पेयर्स पार्टसमा १० प्रतिशत छुटको व्यवस्था पनि गरिएको छ । साथै उनीहरुका लागि आकर्षक उपहारको पनि व्यवस्था गरिने सञ्चालक साउँदले बताए ।

यस्तै यो एक महिनामा टीभीएसका धनगढी र अत्तरिया शोरुममा सबै मोडलका मोटरसाइकल र स्कुटरको फ्रि माइलेज चेकिङको व्यवस्था गरिएको छ । साथै यो अवधिमा ‘क्वीक सर्भिस’ अर्थात छिटो छरितो सेवा पनि हुनेछ ।

यसैगरि दुबै शोरुममा मोटरसाइकल र स्कुटरको बिक्रीमा नगद छुट र आकर्षक उपहारको व्यवस्था गरिएको सञ्चालक साउँदले बताए । उनका अनुसार मोटरसाइकल र स्कुटर खरिदमा फाइनान्स गर्दा ३० प्रतिशत, ४० प्रतिशत र ५० प्रतिशत डाउन पेमेन्टमा फाइनान्स सुविधा दिइएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap