बिदाइमा भावुक हुँदै बाइडेनले भने-अमेरिका आई लभ यु


लेखक : सुन्दराञ्चल      भदौ ४, २०८१ मा प्रकाशित     
बिदाइमा भावुक हुँदै बाइडेनले भने-अमेरिका आई लभ यु

४ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन विदाइका बेला भावुक बनेका छन् । सोमबारको बिदाइ कार्यक्रमलाई सम्बोधनको क्रममा स्टेजमा उक्लिएका उनले सहभागीहरुलाई धन्यवाद दिए । अनि भने, ‘अमेरिका आई लभ यु ।’

सम्बोधन अगाडि उनले आफ्नी छोरी एशले बाइडनलाई अंकमाल गरे । सम्बोधन अवधिभर उनले पटकपटक कमला ह्यारिसको नाम लिए ।कमला ह्यारिस डेमोक्रयाटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवार छिन् । रिपब्लिकन उम्मेदवार ट्रम्पसँग सुरुमा बाइडेन नै चुनाव लड्ने भनेर अभियान चलाइएको थियो । तर, पछि बाइडेन पछि हटेका थिए । हाल कमला राष्ट्रपति पदको र टिम वाल्ट्ज उपराष्ट्रपति पदको उम्मेदवार छन् ।

बाइडेनले आफ्नो सरकारको पालामा भएको कामबारे पनि सुनाए । आफूले मध्यमवर्गका लागि काम गरेको भन्दै उनले कोभिड १९ को महामारीको बेला विश्वको सबैभन्दा मजबुत अर्थव्यवस्था बनाउन सकेको जिकीरसमेत गरे ।यी सबै काममा उपराष्ट्रपति कमला ह्यारिसको योगदान पनि उल्लेख्य रहेको भन्दै उनले प्रशंसा गरे ।

ट्रम्पका समर्थकले ६ जनवरी २०२१ मा क्यापिटल हिलमा गरेको आक्रमणको स्मरण गर्दै उनले ट्रम्प लोकतन्त्रका लागि खतरा भएको समेत बताए । लोकतन्त्रको रक्षा गर्नुपर्ने भन्दै उनले भने, ‘हामी अमेरिकाको आत्माका लागि भइरहेको लडाइँमा सामेल छौं ।’

अमेरिकामा भइरहने बन्दुक हिंसा अन्त्यका लागि हतियारमा प्रतिबन्ध लगाउनुपर्ने पनि उनले बताए । ‘अन्य स्थानको तुलनामा अमेरिकामा बन्दुकबाट सबैभन्दा धेरै बालबालिका मारिन्छन् । त्यसैले कमला र मैले बन्दुक सम्बन्धी कानुन पारित गरेकोमा गर्व लाग्छ । अब हतियारमा प्रतिबन्ध लगाउनुपर्ने समय आएको छ ।’

बाइडनेले इजरायल-प्यालेस्टाइन युद्धमा दुवैतर्फबाट धेरै सर्वसाधारण मारिएको भन्दै त्यसलाई रोक्नु सबैभन्दा चुनौतीपूर्ण भएको पनि बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap