सुदूरपश्चिम बाजुरा जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका मेला आज


लेखक : सुन्दराञ्चल      भदौ २, २०८१ मा प्रकाशित     
सुदूरपश्चिम बाजुरा जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका मेला आज

बाजुरा भाद्र २,: सुदूरपश्चिम प्रदेशकै धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रसिद्ध बाजुराको बडिमालिकामा आज मेला लाग्दैछ । हरेक बर्षको भाद्र शुक्ल चतुर्दशी जनैपूर्णिमाको अघिल्लो दिन शक्तिपिठ बडिमालिकामा मुख्य पूजा गर्ने गरिन्छ ।

बडिमालिकामाईको पूजाका लागि बाजुरासहित डोटी र जुम्लाबाट सरकारी टोली बडिमालिका पुगिसकेको छ । बाजुराका चार शक्तिपीठ बडिमालिका, बूढीनन्दा, बडालेक र सुनन्दामा साउन पूर्णिमाको अघिल्लो दिन परम्परा अनुसार एकसाथ पूजा गर्ने परम्परा छ । उक्त क्षेत्र समुद्री सतह देखि ४ हजार २ सय १६ मिटर उचाईमा रहेको छ ।

सुदूपश्चिमकै धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शनका लागि देशका विभिन्न जिल्ला सहित भारतबाट समेत हरेक वर्ष भक्तजन आउने गरेका छन् । त्रिबेणीमा स्नान गरी बडिमालिका माताको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृहरु तर्नुको साथै आफूले चित्ताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ बर्षेनी हजारौं भक्तजनहरु पुग्ने गर्दछन् । त्यसैगरि आजै प्रसिद्ध धार्मिक महत्व बोकेको क्षेत्र बुढीनन्दामा पनि भव्य पूजाआजा गरिदैछ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap