सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने


लेखक : सुन्दराञ्चल      साउन २८, २०८१ मा प्रकाशित     
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने

साउन २८,  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् । २६ गते एमाले–काँग्रेस–नागरिक उन्मुक्ति पार्टीको समर्थनमा नियूक्त भएका मुख्यमन्त्री शाहले ३० गते विश्वासको मत लिने भएका हुन् ।
सरकारमा सहभागी भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैका आधारमा मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् ।
सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८ सांसद छन् । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सरकारमा सहभागी छ । मुख्यमन्त्री शाहको पक्षमा नेकपा (एमाले) का ११ र उन्मुक्तिका सात सदस्य रहेका छन् ।
विपक्षमा रहेका नेकपा (माओवादी केन्द्र) का सभामुख सहित ११, नेकपा एकिकृत समाजवादी पार्टिका चार, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र स्वतन्त्र एक रहेका छन् ।
मुख्यमन्त्री शाहले विश्वासको मत लिएसंगै भदौ १५ गतेसम्म संस्थागत तथा व्यक्तिगत भेटघाट नगर्ने सचिवालयले जनाएको छ । व्यक्तिगत कारण सो अवधिमा भेटघाट तथा बधाइका सम्पूर्ण कार्यहरु बन्द गरिएको सचिवालयले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap