तालिबान प्रवक्ताले भने- हामीविरुद्ध लडेका सबैलाई माफी दियौं, महिलाहरुसँग काँधमा काँध मिलाएर काम गर्छौं


लेखक : सुन्दराञ्चल      भदौ २, २०७८ मा प्रकाशित     
तालिबान प्रवक्ताले भने- हामीविरुद्ध लडेका सबैलाई माफी दियौं, महिलाहरुसँग काँधमा काँध मिलाएर काम गर्छौं

काठमाडौं,२ भदौ। अफगानिस्तान कब्जा गरेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै तालिबानले आफूहरुविरुद्ध लडेका सबैलाई आम माफी दिइएको जनाएको छ । साथै कसैप्रति भेदभाव नगरिने भन्दै तालिबानले महिलाहरु काँधमा काँध मिलाएर काम गर्ने जनाएको छ ।

काबुलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले विदेशीलाई निकालेर २० वर्षपछि देशलाई मुक्त गरेको बताए । यसलाई उनले गौरवको क्षण भनेका छन् ।

शरिया कानुन अनुसार महिलाहरुको हक तय गर्न आफूहरु प्रतिबद्ध रहेको उनले बताए । उनले भने, महिलाहरु हामीसँग काँधमा काँध मिलाएर काम गर्नेछन् । हामी अन्तर्राष्ट्रिय समुदायलाई भरोसा दिलाउन चाहन्छौं कि उनीहरुसँग कुनै भेदभाव गरिने छैन ।’

महिला अधिकारको बारेमा उठिरहेको प्रश्नको बारेमा उनले भने, ‘हामी महिलाहरुलाई आफ्नो व्यवस्थामित्र रहेर काम गर्ने र पढ्ने अनुमति दिनेछौं । महिलाहरु हाम्रो समाज र हाम्रो ढाँचाभित्र रहेर निकै सक्रिय हुनेवाला छन् ।’

धार्मिक मान्यता अनुसार काम गर्ने अधिकार आफूहरुलाई भएको बताउँदै प्रवक्ता जबिहुल्लाहले भने, ‘अरु देशका अलग-अलग दृष्टिकोण, नियम र कानुन भएजस्तै हामी अफगानी नागरिकलाई हाम्रो नियम, कानुन तय गर्ने अधिकार छ ।

‘शत्रुता सकियो, सबैलाई माफ गरिदियौं’

अफगानिस्तान अब संघर्षको मैदान नबन्ने बताउँदै जबिहुल्लाहले भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्न चाहन्छौं कि कसैलाई क्षति हुन दिने छैनौं । हामी अन्तर्राष्ट्रिय समुदायसँग कुनै उल्झन चाहँदैनौं ।’

तालिबानविरुद्ध लडेका सबैलाई माफ गरिदिएको बताउँदै उनले अब दुश्मनी समाप्त भएको बताए । ‘हामी अब देशभित्र वा बाहिर कुनै दुश्मन चाहँदैनौं । काबुलमा अब अराजकता देख्नु छैन,’ उनले भने, ‘अफगानिस्तानमा स्थिरता या शान्तिका लागि सबैलाई माफी गरिदिएका छौं । हामी हाम्रा लडाकु तथा अन्य सबै मिलेर हाम्रो साथमा अन्य सबै गुट र पक्षलाई ल्याउने छौं ।’

विदेशी सुरक्षा बलसँग रहेर काम गरेका ठेकेदार र अनुवादकको बारेमा सोधिएको एक प्रश्नमा उनले भने, ‘हामीले कसैसँग बदला लिंदैनौं ।’ उनले अगाडि भने, ‘जो युवा अफगानिस्तानमा हुर्किए, पढे, हामी चाहँदैनौं कि उनीहरु यहाँबाट जाउन् । उनीहरु हाम्रा सम्पति हुन् । कसैले पनि उनीहरुको ढोका ढक्ढकाउने छैन र उनीहरुले कसका लागि काम गरिरहेका छन् भनेर सोध्ने छैन । यस्ता व्यक्तिहरु हाम्रो शासनकालमा सुरक्षित रहनेछन् । कसैसँग सोधपुछ गर्ने वा उनीहरुको पिछा गर्ने काम हुने छैन ।’

मिडियाप्रति प्रतिबद्ध

तालिबान प्रवक्ताले पत्रकार सम्मेलनमा आफूहरुको सांस्कृतिक ढाँचामा रहेर मिडियाहरुले काम गर्न पाउने बताए । उनले भने, ‘मिडियाहरुले हाम्रा कमीकमजोरीमा ध्यान दिनुपर्छ, ताकि हामीले देशका लागि राम्रो सेवा गर्न सकौं । तर मिडियाहरुले यो पनि ध्यान दिनुपर्छ कि इस्लामी मूल्यमान्यताविरुद्ध कुनै काम गर्नु हुँदैन ।’ मिडियाहरुले अफगानिस्तानको एकताका लागि काम गर्नुपर्ने उनले बताए ।

तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले अब छिटै सरकार गठन गर्ने बताए । सरकार बनेपछि कुन-कुन कानुन लागु गर्ने भन्ने निश्चित गर्ने बताए । देशका सबै सीमा आफूहरुको नियन्त्रणमा रहेको बताउँदै उनले भने, ‘सरकार बनाउनका लागि गम्भीरताका साथ काम गरिरहेका छौं । यसको घोषणा सबै तयारी पूरा भइसकेपछि हुने छ ।’

काबुलको प्रवेशद्वारमा रोकिने आफूहरुको योजना भए पनि असक्षम सरकारबाट जनतालाई सुरक्षित राख्न काबुल भित्रै प्रवेश गर्नु परेको उनले सुनाए ।

उनले भने, ‘काबुलको प्रवेशद्वारमा रोकिने हाम्रो योजना थियो ताकि संक्रमणको प्रक्रिया सुचारु रुपमा सम्पन्न होस् तर दुर्भाग्य सरकार निकै असक्षम थियो । उसका सुरक्षा बलले सुरक्षा कायम राख्न खास काम गर्न सकेनन् । यस्तो अवस्थामा हामीले नै केही गर्नुपर्‍यो । काबुलका जनताको सुरक्षा तय गर्नका लागि हामीलाई काबुल प्रवेश गर्नुपर्‍यो ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap