मुख्यमन्त्री सहित मन्त्री तथा राज्यमन्त्रीले लिए शपथ सुदूरपश्चिमा


लेखक : सुन्दराञ्चल      साउन २१, २०८१ मा प्रकाशित     
मुख्यमन्त्री सहित मन्त्री तथा राज्यमन्त्रीले लिए शपथ सुदूरपश्चिमा

धनगढी साउन २१, सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री शाहले सोमबार प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । शाह आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री शाहले सोमबार मन्त्रीपरिषद्समेत विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसबाट दुई, एमालेबाट तीन र नागरिक उन्मुक्ति पार्टीबाट एक जना मन्त्री तथा कांग्रेसबाट दुई र एमालेबाट एक जना राज्यमन्त्री नियुक्त गरेका हुन् ।

उनीहरूले पनि  पद तथा गोपनीयताको सपथ लिएका छन् । कांग्रेसका मेघराज खड्काले सामाजिक विकास, बहादुरसिंह थापाले आर्थिक मामिला, एमालेका सुरेन्द्रबहादुर पालले भौतिक पूर्वाधार विकास, हिरा सार्कीले आन्तरिक मामिला तथा कानून,वीरबहादुर थापा भूमि व्यवस्था, कृषि तथा सहकारी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको सपथ लिएका छन् ।

कांग्रेसकी सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री, प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र एमालेकी निर्मलादेवी साउँद भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन् । राज्यमन्त्रीले मुख्यमन्त्री शाहबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap