सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका शाहले गरे दावी पेस


लेखक : सुन्दराञ्चल      साउन २०, २०८१ मा प्रकाशित     
सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका शाहले गरे दावी पेस

साउन २० धनगढी। सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संंसदिय दलका नेता कमल बहादुर शाहले दावी पेस गरेका छन् ।

बहुमत प्रदेशसभा सदस्यको समर्थन सहित आज दिउँसो प्रदेश प्रमुख नाजिर मियाकोमा पुगेर शाहले मुख्यमन्त्रीमा दावी पेस गरेका हुन् । नेपाली काँग्रेसका १८ र नेकपा एमालेका ११ गरी २९ प्रदेशसभा सदस्यको समर्थन सहित शाह प्रदेश प्रमुखको कार्यालय पुगेका थिए।

मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले राजिनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न आज आइतबार साँझ ५ बजेसम्मको समय दिएका थिए । कांग्रेसको शिर्ष तहमा भएको समझदारीअनुसार नेपाली कांग्रेसका कमलबहादुर शाहले मुख्यमन्त्री दाबी पेश गर्ने तयारी भएको छ। सुदूरपश्चिमको मुख्यमन्त्रीको दौडमा प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा, बहादुरसिंह थापा र दिवानसिंह विष्ट रहेकोमा उनीहरुलाई रोक्दै पूर्वमुख्यमन्त्री समेत रहेका शाह मुख्यमन्त्रीमा दोहोरिने भएका हुन्।

केन्द्रमा कांग्रेस एमालेको समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो । यी दुई दल बाहेक नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी हुने जनाइएको छ । साझँ ५ बजेपछि शाहलाई प्रदेश प्रमुख मियाले मुख्यमन्त्रीमा नियुक्त गर्ने छन्। काग्रेंसबाट मुख्यमन्त्री बाहेक २ जना मन्त्री बन्ने छन् ।

मन्त्रीका लागी बहादुर सिहं थापा, मेघराज खड्का, पदम शाही, मान बहादुर रावल, बिक्रम धामी लगायतले आकाक्षां राखेका छन् । एमालेबाट शुरेन्द्र पाल र बिर बहादुर थापा दोहोरिदा हिरा शार्की र शन्तोस सर्मा थापा मध्ये एक जना मन्त्री बन्ने छन् । नागरिक उन्मुक्तीबाट लक्ष्मण किशोर चौधरी मन्त्री बन्ने सम्भावना छ ।सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १८ र एमालेका ११ सांसद छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap