सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनका पहिलो बैठक दुई मिनेटमै सकियो


लेखक : सुन्दराञ्चल      साउन ८, २०८१ मा प्रकाशित     
सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनका पहिलो बैठक दुई मिनेटमै सकियो

धनगढी साउन ८, सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन सुरु भएको छ । प्रतिपक्षमा रहेका नेपाली कांग्रेस, नेकपा ९एमाले० र नागरिक उन्मुक्ति पार्टीले विशेष अधिवेशन आह्वानको माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले आह्वान गरेको विशेष अधिवेशन सुरु गरिएको हो । विशेष अधिवेशनको पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । संविधानको धारा १६३ को उपधारा ३ बमोजिम प्रदेश सभाको एक चौथाइभन्दा बढी प्रदेश सभा सदस्यले अधिवेशन आह्वान गर्न वाञ्छनीय भएको माग गर्दै लिखित अनुरोध गरेपछि अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखले पठाएको पत्रमा उल्लेख छ ।
विशेष अधिवेशनको बैठक अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ । बैठकमा सत्तापक्षको उपस्थिति न्यून रहेको थियो ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap