झोलुंगे पुलमा फसेका ८ खच्चडको उद्धार, दुइटालाई बचाउन सकिएन


लेखक : सुन्दराञ्चल      जेष्ठ २७, २०८१ मा प्रकाशित     
झोलुंगे पुलमा फसेका ८ खच्चडको उद्धार, दुइटालाई बचाउन सकिएन

जेष्ठ २७ कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये दुई वटा खच्चड मरेका छन्। उद्धारका क्रममा दुई वटा खच्चडलाई बचाउन नसकिएको आठबीस नगरपालिका–६ का अध्यक्ष नवराज शर्माले जानकारी दिए।

उनकाअनुसार एक खच्चड पुलमै मरिसकेको थियो भने अर्को जाली काटेर नदीमा झारेपछि मरेको हो। ८ वटा खच्चडको उद्धार गरिएको उनले बताए।

आइतबार बिहानै अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीस नगरपालिका जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुडिँदा १३ वटा खच्चड फसेका थिए। जालीमा छिरेर अड्किएका ती खच्चडको उद्धारमा सुरक्षाकर्मी र स्थानीय लागेका छन्। फसेका खच्चडलाई पुलको जाली काटेर नदीमा खसालेर उद्धार गरिएको हो। नदीमा खसालिएका खच्चडलाई डुंगामार्फत् नदी किनारमा लगिएको छ।
बाँकी तीन वटा खच्चडलाई उद्धार गर्ने काम चलिरहेको वडाध्यक्ष शर्माले जानकारी दिए। ती खच्चडहरूलाई नदीमा खसाल्न जोखिम भएकाले डोरीमा बाँधेर निकाल्ने प्रयास गरिएको उनले बताए।
‘पुलको जाली काटेर खसाल्दा नदी छेउका ढुंगामा पर्छन्, त्यही भएर डोरी बाँधेर निकाल्न सकिन्छ कि भनेर लगेका छौं,’ उनले भने। आइतबार अछामको पञ्चदेवलबाट चामल लिन दैलेखको राकम बजार आउँदै गरेको १३ वटा खच्चड पुलमा फसेका थिए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap