चिडियाखानामा जन्मियो कीर्तिमानी जिराफ, २ हप्तामै ६ फिट अग्लो


लेखक : सुन्दराञ्चल      भदौ १, २०७८ मा प्रकाशित     
चिडियाखानामा जन्मियो कीर्तिमानी जिराफ, २ हप्तामै ६ फिट अग्लो

अमेरिकाको म्यासाच्यूसेट्सस्थित मेन्डनमा रहेको साउथविक जूमा  एउटा २ हप्ता अगाडि जन्मिएको नवजात जिराफले सबैको ध्यान खिँचेको छ । डली नामक उक्त जिराफ अहिले चिडियाखानामा आकर्षणकेा केन्द्र बनको छ । दुई हप्ताको उमेरमै डलीको वजन झण्डै ७० किलोग्राम छ भने शरीरको उचाइ ६ फिट पुगिसकेको छ ।

रिपोर्ट अनुसार डली चिडियाखानामा जन्मिएको संसारकै सबैभन्दा ठूलो जिराफको बच्चा हो । डलीको आमाले उसलाई दूध चुसाउन सकेको छैन । त्यसैले डलीलाई हाल बोतलको दूध खुवाएर हुर्काइँदैछ । उसलाई तत्कालै उसको आमासँग मिसाइने सम्भावना कम रहेको चिडियाखानाका अधिकारी बताउँछन् । दुई हप्तामै एउटा वयस्क मानिसको जत्तिकै उचाइ तथा झण्डै त्यत्तिनै तौल बनाएको यो जिराफ वयस्क हुँदा कत्रो होला ?

वास्तवमा चार वर्षको उमेरमा जिराफको शरीरको उचाइ पूर्ण आकारमा बन्दछ भने सात वा ८ वर्षमा उसले शरीरको पूर्ण तौल प्राप्त गर्दछ । भाले जिराफको शरीरको औसत तौल १९३० किलो र पोथी जिराफको औसत तौल १८६० किलो हुन्छ । पृथ्वीको सचेतना दिवसको अवसरमा गत अगष्ट ७ मा पहिलोपटक डलीलाई सार्वजनिक रुपमा चिडियाखानामा प्रदर्शन गरिएको छ ।

एजेन्सी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap