टीकापुरको तापक्रम ४५.२ डिग्री पुग्यो,


लेखक : सुन्दराञ्चल      जेष्ठ १८, २०८१ मा प्रकाशित     
टीकापुरको तापक्रम ४५.२ डिग्री पुग्यो,

जेष्ठ १८, कैलालीको टीकापुरमा तापक्रम मापन गर्न थालेयताको ४८ वर्षमा सबैभन्दा उच्च ४५.२ डिग्री सेल्सियस पुगेको छ । बुधबार देशभरमै सबैभन्दा बढी ४३.५ डिग्री मापन भएको टीकापुरमा एकैदिन १.६ ले उकालो लागेर सोही स्टेसनका लागि अहिलेसम्मको रेकर्ड ब्रेक भएको हो ।

टीकापुरमा २४ मार्च १९७६ देखि तापक्रमको रेकर्ड राख्न थालेयता सबैभन्दा बढी १३ र १४ जुन ०१२ मा ४५ डिग्री पुगेको थियो, जुन टीकापुरका लागि रेकर्ड ब्रेक तापक्रम थियो । तर, बिहीबार उक्त रेकर्ड पनि ब्रेक भएको हो । नेपालमा सबैभन्दा धेरै अधिकतम तापक्रम १६ जुन १९९५ मा धनगढीमा ४६.४ डिग्री मापन भएको थियो । बिहीबार टीकापुरपछि धेरै तापक्रम मापन भएको क्षेत्र नेपालगन्ज हो । नेपालगन्जमा पनि १२ वर्षयताकै उच्च तापक्रम ४.।२ पुगेको छ । नेपालगन्जमा १४ जुन, २०१२ मा ४५ डिग्री मापन भएको थियो । बुधबार नेपालगन्जको तापक्रम ४२. ८ पुगेको थियो । गत वर्ष नेपालगन्जमा सबैभन्दा बढी ३० मे ०२३ मा ३९ डिग्री मात्र पुगेको थियो । धनगढीको तापक्रम पनि ४४.१ डिग्री पुगेको छ, जुन १२ वर्षयताकै उच्च हो । यहाँ बुधबार ४३.३ डिग्री पुगेको थियो । भैरहवामा बिहीबार दिउँसो बादल लाग्दा तापक्रम ३९.४ डिग्री मापन भएको छ । तर, न्यूनतम तापक्रम भने ३०.५ डिग्री रह्यो । पश्चिममा तराई मात्र होइन, उपत्यकामा पनि तापक्रम उच्च छ । बिहीबार सुर्खेतको अधिकतम तापक्रम ४१ र घोराहीको ४०.२ डिग्री पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागको भैरहवा कार्यालयका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार भारतको राजस्थान, दिल्ली क्षेत्रको तातो हावा धनगढी, टीकापुर, नेपालगन्ज क्षेत्रमा पुगेको छ, यसले तापक्रम बढाउन अझ मद्दत गरेको हो । ‘पूर्वमा बादल र केही पानी पर्दा हल्का राहत भएको छ, तर रुपन्देही, कपिलवस्तुदेखि पश्चिम तराईमा तातो हावा चलिरहेको छ, बादल पनि छैन,’ पौडेलले भने ।
वर्षा नहुँदा उकालो लागेको पश्चिम तराईको तापक्रम तत्काल नघट्ने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार तराई क्षेत्रमा लुम्बिनीको पश्चिमी क्षेत्र र सुदूरपश्चिममा वर्षा गराउने उल्लेख्य प्रणाली नभएकाले तापक्रम बढिरहेको हो । ‘तापक्रम घट्न पानी पर्नुपर्ने हुन्छ, त्यस क्षेत्रमा वर्षाको सम्भावना पनि छैन,’ उनले भने । मौसमविद्हरूका अनुसार आइतबार कैलाली, कञ्चनपुर क्षेत्रमा बादल लाग्न सक्छ । तर, वर्षा गराइहाल्ने प्रणाली भित्रिएको छैन । तर, भारतमा बिहार क्षेत्रमा बनेको न्यूनचापीय प्रणाली र स्थानीय वायुका कारण कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही क्षेत्रमा बादल लाग्ने गरेको छ । केही क्षेत्रमा भने साँझपख वर्षाको सम्भावना रहेको मौसमविद् झाले बताए  ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap