त्रिपालमुनि अनिदोमै रात कटाउँदै आगलागीपीडित परिवार


लेखक : सुन्दराञ्चल      बैशाख २७, २०८१ मा प्रकाशित     
त्रिपालमुनि अनिदोमै रात कटाउँदै आगलागीपीडित परिवार

बैशाख २७ कञ्चनपुर ,ग्यास चुहावट भएर घरमा अगलागी भई बिचल्लीमा परेका शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको परिवार एक सातादेखि त्रिपालमुनि अनिदोमै रात कटाउन बाध्य छ । नेपाल रेडक्रस उपशाखा झलारीले उपलब्ध गराएको त्रिपालमुनि एक सातादेखि ठगुन्ना परिवार बस्दै आएको छ । दिउँसो तातो हावासँगै चल्ने ‘लु’ र साँझका बेला आउने हावाहुरीले त्रिपालमुनि बस्न ठगुन्ना परिवारलाई सकस छ ।
“हावाहुरी आउने क्रमजारी छ”, जयभानकी श्रीमती ममता ठगुन्नाले भनिन्, “हावाहुरीसँगै पानी पर्ला जस्तो पनि छ, त्रिपाल हावाहुरीले उडाउला भन्ने चिन्ता छ, भएको सबै सम्पत्ति आगलागीमै गुम्यो, बालबालिकालाई जोगाउनकै लागि रात अनिदोमै काटिने गरेको छ ।”

जीउमा लगाएको एकसरो लुगाबाहेक सबै सम्पत्ति आँखै अगाडि जलेपछि बिचल्लीमा परेको उनले दुखेसो पोखिन् । “बालबालिका घरभित्र बसेर दिउँसो पख टेलिभिजन हेर्दै थिए”, उनले भनिन्, “म घरभन्दा केही टाढाको सिलाइ पसलमा थिए, त्यही क्रममा घरमा आगलागी भएको खबर सुनेर हतपत पुगे, पुग्दा पूरै घरगोठ सबै आँखै अगाडि जलेर खरानी बन्यो ।”

भान्सामा ग्यास चहावट भएर आगलागी हुन थालेपछि बालबालिका गुहार माग्दै छिमेकीकामा पुगेकाले ज्यान जोगिएको उनको भनाइ छ । ठगुन्ना परिवारको घरमा अचानक आगलागी भएको खबर पाउनासाथ सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने अथक प्रयास गरे पनि आगलागी नियन्त्रणमा आउन नसकेको पीडित परिवारको भनाइ छ ।

“दमकल छिटो पुगेको भए केही सम्पत्ति बचाउन सकिने थियो, निकै ढिलो पुग्दा केही पनि जोगाउन सकिएन”, वडाध्यक्ष प्रतापसिंह धामीले भने, “नगरपालिकाको दकमल बिग्रिएको धेरै भए पनि मर्मत हुन नसक्दा छिमेकी बेदकोट नगरपालिकाबाट दमकल आइपुग्न निकै समय लाग्दा ठगुन्ना परिवारको घर जोगाउन सकिएन ।”
वडाका तर्फबाट आगलागीपीडित परिवारका लागि सक्दो सहयोग जुटाउन लागेको उनले उल्लेख गरे । ठगुन्ना परिवारलाई पुनःस्थापन गराउनका लागि दातृ निकायसँग सहयोग गरिदिन उनले आग्रह गरेका छन् ।

ठगुन्ना परिवारको साँझ बिहानको दुई छाक खानाका लागि अन्नको जोहो छिमेकीले गरिदिएका छन् । बालबालिकाको विद्यालयको पोशाक, कापी किताब विद्यालयले निःशुल्करुपमा उपलब्ध गराएको छ । आगलागीबाट पीडामा रहेको ठगुन्ना परिवारको घर निर्माणका लागि स्थानीय बासिन्दाले चन्दा सङ्कलन अभियान सञ्चालन गरेका छन् ।
अभियान सञ्चालन गरे पनि अहिलेसम्म घर निर्माण गर्ने रकम सङ्कलन हुन सकेको छैन । नगर प्रमुख, उपप्रमुख लगायतको टोलीले आगलागी भएका परिवारसँग भेट गरी राहतका लागि आश्वासन दिए पनि हालसम्म कुनै सहयोग पुग्न नसकेको पीडित परिवारको भनाइ रहेको छ । घर पुरै जलेर नष्ट हुँदासमेत ठगुन्ना परिवार उपभोक्ता रहेको वातावरण सामुदायिक वनले घर निर्माणका लागि काठ उपलब्ध गराउने कार्य नगरेकोप्रति स्थानीय बासिन्दाले असन्तुष्टि पोखेका छन् ।

जयदेवको घरमा रहेको सबै सम्पत्ति जले पनि ऋण काढेर खरिद गरेको अटोमात्रै बचेको छ । उनका अनुसार अटोको किस्ता बुझाउनका लागि निर्धन उत्थान लघुवित्त संस्थाबाट निकालेको बाकसमा राखिएको १६ हजार रकम पूरै जलेर खरानी भएको छ ।

यही वैशाख २१ गते दिउँसो भान्सा घरमा ग्यास चुहावट भई आगलागी हुँदा ठगुन्ना परिवारको भान्सासहित घरगोठ सबै जलेर नष्ट भएको थियो । घरभित्र रहेको अन्न, लुगाफाटो, महत्वपूर्ण कागजपत्र, गहना, फ्रिज, टेलिभिजन, पङ्खा, नगद रकम जलेर नष्ट हुनुका साथै गोठमा बाँधिएका तीन बाख्रा, एक ब्याउने भैँसी जलेर मरेका थिए ।

नगरपालिकाका निवर्तमान नगर प्रमुख दिलबहादुर ऐर आगलगाीबाट पीडित भएका परिवारलाई सबैको सहयोगको खाँचो रहेको बताउँछन्। “आगलागीबाट आपत्मा परेको परिवारलाई पुनःस्थापन गराउनका लागि सहयोग गरौँ”, उनले निन्, “नजिकको सरकार भनेकै नगरपालिका हो, जिम्मेवार बनेर विपत्मा परेका परिवारलाई सहयोग गर्नुपर्छ ।” रासस

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap