निमावि शिक्षकको सामान्यतर्फको नतिजा सार्वजनिक


लेखक : सुन्दराञ्चल      बैशाख २३, २०८१ मा प्रकाशित     
निमावि शिक्षकको सामान्यतर्फको नतिजा सार्वजनिक

२३ वैशाख,  शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि) तृतीय श्रेणी शिक्षक पदको सामान्यतर्फ खुला लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।आयोगले ९ वटा विषयको ८४० रिक्त पदको लागि गत वर्षको ८ वैशाखमा सञ्चालन गरेको परीक्षाको नतिजा शनिबार सार्वजनिक गरेको हो ।सरकारले अहिले विद्यालयलाई आधारभूत र मावि गरेर दुई तहमा विभाजन गरेको छ । तर पनि आयोगले चाहिं पुरानै व्यवस्था अनुसार प्रावि, निमावि र मावि तहअनुसार शिक्षक पदपूर्ति गर्दै आएको छ ।

निमावि तहका शिक्षकले कक्षा ८ सम्म पठाउन पाउँछन् ।

नतिजा अनुसार कोशी प्रदेशमा १४ हजार ६७७ सहभागीमध्ये ३ हजार ७४३ जना, मधेश प्रदेशमा ४ हजार ५८५ सहभागीमध्ये १ हजार १९७ जना, बागमती प्रदेशमा १२ हजार ५०६ परीक्षार्थीमध्ये ३ हजार ८३२ जनाले सामान्यतर्फको लिखित परीक्षा उत्तीर्ण गरेका छन् ।

त्यस्तै गण्डकी प्रदेशका ११ हजार ९४५ परीक्षार्थीमध्ये ३ हजार ५३४ जना, लुम्बिनी प्रदेशका १० हजार २७१ परीक्षार्थीमध्ये, २ हजार ८२० जना, कर्णाली प्रदेशका २ हजार ६४१ परीक्षार्थीमध्ये ६८७ जना र सुदूरपश्चिम प्रदेशका ६ हजार ९०९ परीक्षार्थीमध्ये १ हजार ७९६ जनाले लिखित परीक्षा उत्तीर्ण गरेका छन् ।

उत्तीर्ण उम्मेदवारको विषयगत लिखित परीक्षा ८ भदौमा हुनेछ ।

आयोगका अनुसार कोशी प्रदेशको मोरङ जिल्लामा, मधेशको धनुषामा, बागमतीको मकवानपुरमा, लुम्बिनीको दाङमा, गण्डकीको कास्कीमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको कैलालीमा विषयगत लिखित परीक्षा हुने आयोगले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap