धनगढी- बैशाख २२,सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित बनेको छ । मुख्यमन्त्री दीर्घ सोडारीले विश्वास मत लिने प्रयोजनका लागि आज आह्वान गरिएको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको हो ।
मुख्यमन्त्रीलाई समर्थन गरेका दलले नै विश्वासको मत दिनेरनदिनेबारे औपचारिक निर्णय गरेका छैनन् । नेकपा (एकीकृत समाजवादी)का नेता सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री छन् ।
एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सोडारी गत वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनको नियुक्ति पनि सहज ढंगले भएको थिएन । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८ , माओवादी केन्द्रका (सभामुखसमेत) ११ सदस्य छन् । बझाङमा भएको उपनिर्वाचनपछि एमालेको एक सदस्य थप भई ११ पुगेका छन् । नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् ।