महादेव गिरी संवाददाता ,
बैशाख १४,धनगढी, धनगढी ५ शिवनगरमा रहेको चैतन्य पाठशालामा शैक्षिक शत्र २०८१ पहिलो दिन पारेर अभिभावक उत्प्रेरणा कार्यक्रम गरिएको छ। आज शुक्रबार बिहान भएको उत्प्रेरणा कार्यक्रममा अभिभावकले आफ्ना नानि बाबुलाई कसरि पढाईमा अगाडि बढाउने र असल जिम्मेवार बनेर समाज,राष्ट्र, देशप्रति कसरी जिम्मेवार बनाउने भन्ने बारेमा जानकारी दिन उप्त कार्यक्रम गरिएको हो । ।कार्यक्रम बोल्दै चैतन्य पाठशालाका प्राधानाध्यापक कटक बहादुर सिहँले २०५८ सालमा स्थापना भएको स्कुल २०७९ सालमा चैतन्य पाठशालाको नाम बाट बिकास भएको बताए ।
फरक स्कुलबाट पाठशाला नाम भैरहँदा एक बर्ष अबधिमा धेरै राम्रो काम गरिएको र आगामि दिनमा थप धनगढीको मात्र नभएर समग्र आधूनिक मोडन स्वणिम आइयम पाठशाला,स्कुल बनाउने प्राधानाध्यापक सिहँले जानकारी दिए ।
सिहँले समाज रुपान्तरण गर्नको लागि कुनै पनि संस्कारका कुरामा होस वा अहोरात्र नभनि बिद्यार्थी, अभिभावक तथा शिक्षकका लागी काम गर्ने बिश्वास दिलाएका छन् ।

कार्यक्रम बोल्दै चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोसीले असल, अभिभावक महत्व,जिम्मेवारी,निट्वान,आफ्ना नानिबाबुलाई,असल बनाउनुमा बाआमा को पहिलो भुमिका रहेको बताए । बालबालिकाको पहिलो पाठशाला भनेको घर भएकाले घर बाटै आदर्श मानिस जिम्मेवार नागरिक, कसरी बन्ने र बनाउने भन्ने अभिभावकको महत्वपूर्ण जिम्मेवार भएको बताए।त्यसकारण बा आमा असल अभिभावक भुमिका निर्भाह गर्न आग्रह समेत गरेका छन्। असल चालनचल, असल नानिबाबु बनाउन चैतन्यको अबधारणा भनेको सिक्ने,सिकाउने, ज्ञान, सीप बिश्व प्रतिस्पर्धा गर्ने सक्ने बनाउने भन्ने रहेको बताए ।
स साना बालबालीका, बिद्यार्थी चेतन शिल,जिम्मेवार,नागरिक,उध्यमशिल,परिवार ,समाज,देश प्रति माया प्रेम, सद्भाव, समाज र राष्ट्रको जिम्मेवारी चेतनशिल,नागरिक बनाउने चैतन्य पाठशाला लागेको उनको भनाई छ ।त्यस्तै कार्यक्रममा बोल्दै आचार्य लक्ष्मण भण्डारीले असल अभिभावक अत्प्रेरणा कार्यक्रम मा बोल्दै अभिभावकले घरपरिवारमा आफ्ना छोराछोरी तथा बालबालीकालाई कस्तो ब्यवहार सिकाउने संस्कारको कुरा तथा असल चालचलन आनीबानीको बारेमा जानकारी दिएका थिए । बाबुनानीका हरेक,पल पलमा हरेक समय र साथमा रहने जस्ता ब्यवहारीक र पारीवारीक कुराहरु सुन्ने,अनिहरुको भावनात्मक बिचारहरुलाई मनन् गरेर असल अभिभावकको जिम्मेवारी निर्वाह निभाउनु प्रर्नेपर्ने बताए ।
असल अभिभावक अत्प्रेरणा कार्यक्रममा पाठशालाका पिटिए अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बार एसोसेसन केन्द्रीय उपाध्यक्ष तुलाराम गिरी,संविधान सभा सदस्य,कल्पना सोप,सामाजिक बिकास मन्त्रालयकि जयन्ती गिरी, पाठशालाका अध्यक्ष गणेश प्रसाद जोसी,फावईसन राईडर भरत बिक्रम शाह, नेपाल पत्रकार महासंघ कैलालीका सचिव प्रेम दहित, पत्रकार,शिक्षक,शिक्षिका,अभिभावकको उपस्थीती रहेको थियो । भने कार्यक्रमको सञ्चालन पाठशालाकि शिक्षिका हेमा जोसीले गरेकी हुन
