बाजुरामा विद्यार्थी घट्दा शिक्षक चिन्तित


लेखक : सुन्दराञ्चल      बैशाख ५, २०८१ मा प्रकाशित     
बाजुरामा विद्यार्थी घट्दा शिक्षक चिन्तित

बाजुरा-  बैशाख ५,बाजुराका अधिकांश विद्यालयलाई यो वर्षको नयाँ विद्यार्थी भर्ना अभियानमा कक्षा ६ र ९ मा विद्यार्थी कसरी ल्याउने भन्ने चिन्ता परेको छ । बुढीगङ्गा नगरपालिका र खप्तडछेडेदह गाउँपालिकालगायतका गाउँपालिकाले लिएको शैक्षिक सत्र २०८० को पालिकास्तरीय परीक्षामा कक्षा ५ र ८ का अधिकांश विद्यार्थी अनुत्तीर्ण भएपछि यो वर्ष यहाँका विद्यालयलाई ६ र ९ कक्षामा नयाँ विद्यार्थी भर्नाको चिन्ता परेको हो ।

धुरालसैन माविका लेखापाल धीरज नेपालीका अनुसार गत वर्ष कक्षा ६ मा ३२ र ९ मा २९ जना भर्ना भएका थिए । यो वर्ष ती कक्षामा विद्यार्थीको सङ्ख्यामा निकै कम हुने अवस्था छ । यो वर्षको नगरपालिकाले लिएको नगरस्तरीय परीक्षामा कक्षा ५, ६ र ८ का ११ जना मात्र उत्तीर्ण भएका छन् । कक्षा ५ का नौ र ८ का २७ जना ग्रेड वृद्धिमा परेका छन् । ती पनि सबै फेरि अनुत्तीर्ण भएपछि यो वर्ष कक्षा ६ र ९ मा कहाँबाट विद्यार्थी ल्याएर भर्ना गर्ने भन्ने चिन्ता लागेको धुरालसैन माविका लेखापाल नेपालीले बताए ।

यो समस्या धुरालसैनलाई मात्र होइन, यहाँका बुढीगङ्गा नगरपालिका र अन्य २० वटा विद्यालयलाई पनि उस्तै छ । नगरपालिकाले लिएको नगरस्तरीय परीक्षामा सहभागी भएका कक्षा ५ मा २१ र कक्षा ८ मा १३ वटा विद्यालयका दुईरचार जनाबाहेक सबै अनुत्तीर्ण भएपछि यी विद्यालयलाई पनि यो समस्या भएको हो ।

यो वर्ष यहाँका अधिकांश विद्यालयमा गत वर्षकै तुलनामा कक्षा १ , २ , ३ , ४ , ५, ७, ८ र १० कक्षाका विद्यार्थी भर्ना हुने देखिए पनि ६ र ९ कक्षामा भने विद्यार्थी खोज्नुपर्ने अवस्था आएको छ । यी बेला बाजुराका २३७ वटा विद्यालयले शैक्षिक सत्र २०८१ को नयाँ विद्यार्थी भर्ना अभियान कार्यक्रम सुरु गरेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap