एक महिना हुदा पनि हराएका रमित अझैँ भेटिएनन्


लेखक : सुन्दराञ्चल      बैशाख २, २०८१ मा प्रकाशित     
एक महिना हुदा पनि हराएका रमित अझैँ भेटिएनन्

धनगढी बैशाख २,धनगढी उपमहानगरपालिका–५ जाई बस्ने १३ वर्षीया बालक रमित कठायत आफ्नै घरबाट हराएको एक महिना वितिसक्दा पनि अझैं फेला परेका छैनन् ।
गत फागुन २९ गते साँझतिर आफ्नो भाइलाई बल खेल्न जान्छु भन्दै घरबाट निस्केका उनी अझै फेला पर्न नसकेको निजका वुवा सन्तोष कठायतले जानकारी दिए ।

पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने रमितको अरुको घरमा गएर बस्ने बानी नभएको तथा कुनै पनि कुलतमा नफसेको उनले बताए ।
उनले भने ‘सबै ठाउँमा खोजी सक्यौँ । अझैँ फेला परेका छैनन् । उनका साथीलाई पनि सम्पर्क ग¥यौँ । कहीँ कतै भेटिएनन् । कुनै कुलतमा पनि लागेका थिएनन् ।’ धेरै ठाउँमा खोज्दा पनि नभेटिएको र कसैले भेटेमा ९७६७६७१८५९ मा तथा नजिकको प्रहरी चौकीमा सम्पर्क गरि सहयोग गरिदिन उनले सबैमा आग्रह गरे ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap