बाजुरामा नदीमा डुबेर एक बालकको मृत्यु


लेखक : सुन्दराञ्चल      चैत्र ३०, २०८० मा प्रकाशित     
बाजुरामा नदीमा डुबेर एक बालकको मृत्यु

बाजुरा चैत्र ३०, बाजुरामा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । बुढीगंगा नदीमा डुबेर बाजुराको त्रिवेणी नगरपालिका–४ तोलीका ध्रुवबहादुर साउँदका छोरा अन्दाजी १० वर्षका रतन साउदको मृत्यु भएको हो। त्रिवेणी नगरपालिका–४ स्थित बुढीगंगा नदीमा डुबेर आज शुक्रवार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
बुढीगंगा नदीमा माछा मार्ने क्रममा डुबेर साउद बेपत्ता भएका थिए। प्रहरी चौकी बार्जुगाडको टोलीले खोजतलास गर्ने क्रममा मृत अवस्थामा फेला पारेको हो।

उनलाई डुबेको ठाँउ भन्दा अन्दाजी १०० मिटर टाढा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap