धनगढीमा हुने हाफ म्याराथन प्रतियोगिताको तयारी पुरा


लेखक : सुन्दराञ्चल      चैत्र २८, २०८० मा प्रकाशित     
धनगढीमा हुने हाफ म्याराथन प्रतियोगिताको तयारी पुरा

 चैत्र २८, : धनगढी जेसीजले हरेक वर्षजस्तै यसवर्ष पनि नयाँ वर्षका दिन धनगढीमा हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्दै धनगढीलाई दौडाउन लागेको छ ।

बुधबार धनगढी जेसीजले पत्रकार सम्मेलनको आयोजना गर्दै हाफ म्याराथनको तयारी पुरा भएको जानकारी गराएको छ । ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ हाफ म्याराथन प्रतियोगिताको आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
धनगढी जेसीजले २०७१ साल देखि हरेक नयाँ वर्षको पहिलो दिन हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्दै आएको छ । २०७७ सालमा कोरोनाका कारण उसले प्रतियोगिताको आयोजना गर्न नसकेपनि २०७१ साल देखि प्रतियोगिता गर्दै आएको आयोजक धनगढी जेसीजले जनाएको छ । म्याराथन चार वटा विधामा हुनेछ । २१ दसमलव १ किलोमिटरको हाफ म्याराथनका विजेताले ६६ हजार ६६६, दोस्रो हुनेले ४४ हजार ४४४ र तेस्रो हुनेले ३३ हजार ३३३ रकम पुरस्कार पाउने छ ।

यस्तै कर्पोरेट तथा सञ्चार विधामा ५ किलोमिटर, महिला तर्फ ५ किलोमिटरको दौड हुनेछ । ती दुुबै विधामा पहिलो हुनेले ६ हजार ६६६, दोस्रो हुनेले ४ हजार ४४४ र तेस्रो हुनेले ३ हजार ३३३ रकम पुरस्कार पाउनेछ । यस्तै ट्राईसाकल बिधामा पनि म्याथान हुने र सम्मान सहित पुरस्कार दिईने आयोजकले जनाएको छ ।

२०८१ को बैशाख १ गते विहान ६ बजे धनगढी रंगशालाबाट सुरु हुने हाफ म्याराथनमा आयोजकले ४ हजार प्रतियोगीहरुको सहभागिता रहने अनुमान गरेको जनाएको छ । जेसीजले युवाहरुको ब्यक्तित्व र नेतृत्व क्षमताको विकासका लागि हरेक वर्ष यस प्रतियोगताको आयोजना गर्दै आएको जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap