बाजुराको खप्तड छेडेदहमा १८ प्रतिशत मात्रै उत्तीर्ण कक्षा ८को परीक्षाः


लेखक : सुन्दराञ्चल      चैत्र २७, २०८० मा प्रकाशित     
बाजुराको खप्तड छेडेदहमा १८ प्रतिशत मात्रै उत्तीर्ण  कक्षा ८को परीक्षाः

चैत्र २७,बाजुरा —बाजुराको खप्तड छेडेदह गाउँपालिकामा कक्षा ८ को नतिजा निराशाजनक देखिएको छ । गाउँपालिकाकाले प्रकाशित गरेको नतिजा अनुसार १८ दशमलब ३९ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । चैत ५ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको कक्षा ८ को बार्षिक परीक्षामा पालिकाभरका १५ वटा सामुदायिक विद्यालयबाट ६ सय ९ जना विद्यार्थी सहभागी भएका थिए ।

पालिकाको प्रकाशित नतिजा अनुसार १८ प्रतिशत अर्थात १ सय १२ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । त्यसमा ३ सय १५ विद्यार्थी ग्रडेवृद्धि परीक्षा दिन पाउने भएका छन् भने एक सय ८२ जना विद्यार्थीहरुले पढाई दोहोर्‍याउनुपर्ने गाउँपालिकाले जनाएको छ । नतिजा हेर्दा पालिकाका प्राथमिक विद्यालय भन्दा माध्यमिक विद्यालयहरुको नतिजा कमजोर देखिएको छ । ग्रेडवृद्धिमा परेका विद्यार्थीहरुका लागि भने २०८१ बैशाख १५, १६, १७ र १८ गते ग्रेडवृद्धि परीक्षा तोकिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा कक्षा ५ मा भने २९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका र कक्षा ५ मा ग्रडेवृद्धि परीक्षा नहुने भएको छ ।

गाउँपालिकामा कक्षा ८ को नतिजा प्रकाशन भएपछि अहिले सामाजिक सञ्जालमा गाउँपालिकाको शैक्षिक अवस्थाको बारेमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

यस विषयमा खप्तड छेडेदह गाउँपालिका शिक्षा शाखा प्रमुख प्रेम साउँदले सबैको कमिकमजोरीले पालिकामा नतिजा कमजोर आएको स्वीकार गरेका छन् । उनले भने “परीक्षामा बसाई व्यवस्थापन राम्रो सँग भएको भएपनि नतिजा झनै कमजोर आउन्थ्यो तर त्यति राम्रोसँग नहुँदा उतीणर् १८ प्रतिशतसम्म पुगेको हो” । प्राविको भन्दा मावि स्तरका विद्यालयहरुकोे नतिजा कमजोर देखिएको बिषयमा शिक्षा शाखा प्रमुख साउँदले माविमा पर्याप्त शिक्षक दरबन्दी नहुनु तथा विषय शिक्षकको अभावले यस्तो अवस्था देखिएको बताएका छन् । गाउँपालिकामा हरेक बर्षको नतिजा निराशाजनक देखिदैँ आएपनि गाउँपालिकाले हालसम्म समिक्षा नगरेको र यस बर्षको नतिजाको बिषयमा भने केहि दिनमा छलफल हुने शिक्षा शाखा प्रमुख साउँदले बडिमालिका खबरलाई बताएका छन् ।

त्यस्तै पालिकाबाट पनि शैक्षिक अवस्थाको बारेमा समिक्षा नहुनु, बैठक नबस्ने तथा नियमित अनुगमन हुन नसक्दा पनि नतिजामा सुधार नदेखिएको स्रोतले बताएको छ । पछिल्लो समय गाउँपालिकाको शैक्षिक अवस्था खस्किदै गएको भन्दै विभिन्न टिकाटिप्पणी भइरहेका बेला अब पालिका, शिक्षक, विद्याथी, अभिभावक लगायत सबैले जिम्मेवार भएर लाग्नुपर्ने सरोकारवालाहरुले बताउने गरेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap