लोक गायक बिरेन्द्र साउदले जन्म दिनको अवसरमा डेउडा प्रतिष्ठानको कोषलाई आर्थिक सयोग हस्तान्तण


लेखक : सुन्दराञ्चल      चैत्र २६, २०८० मा प्रकाशित     
लोक गायक बिरेन्द्र साउदले जन्म दिनको अवसरमा  डेउडा प्रतिष्ठानको कोषलाई आर्थिक सयोग हस्तान्तण

धनगढी चैत्र २६ , डेउडा प्रतिष्ठान केन्द्रीय समितीद्वारा स्थापित कलाकार कल्याणकारी कोषमा विभिन्न ब्यक्तिले आफ्नो र आफ्ना आफन्तजनको जन्मोत्सव संगै आफ्नो बैबाहिक उत्सबको अवसरमा समेत रकम जम्मा गर्न थालेका छन ।

यसै अनुरुप २०८० चैत २६ गते सोमबार डेउडा प्रतिष्ठान बेङ्लोर शाखाका वरिष्ठ उपाध्यक्ष,बहुचर्चित लोक गायक,सर्जक एवं समाजसेवी बिरेन्द्र साउदले आफ्नो जन्मोत्सवको अवसरमा रू ३,२५६र(९तीन हजार दुई सय छपन्न रुपैया मात्र० डेउडा प्रतिष्ठानको कल्याणकारी कोषलाई केन्द्रीय कोषाध्यक्ष प्रेम विवश चन्द द्वारा संस्थाको खातामा जम्मा गरेको संस्थाका केन्द्रीय वरिष्ठ उपाध्याय सुरत रावतूडोटेलि कान्छाू ले जानकारी दिए।
डेउडा प्रतिष्ठान केन्द्रीय कार्यसमितिले संस्थाका कोषाध्यक्ष प्रेमबिबश चन्दको जन्म दिनलाई सु(अवसर बनाई बैशाख २४ गते कलाकार कल्याणकारी कोषको स्थापना गरेका थिए । जन्म दिनमा फजुल खर्च नगरी कलाकारको हितमा कलाकारलाई अप्ठ्यारोमा पर्दा सुख दुस्खको साथीको रूपमा कलाकार कल्याणकारी कोषलाई एउटा अभियानको रुपमा लिएर यो बर्ष कल्याणकारी कोष संकलन बर्षका रुपमा लिने संस्थाका केन्द्रीय अध्यक्ष दल बहादुर बोगटीले बताउनु भयो ।

आफू कलाकारिता क्षेत्रमा लामो यात्रा गरेर प्रवासमा समेत लोक संस्कृति संरक्षणमा लागेको छु,लागिरहनेछु डेउडा प्रतिष्ठानको स्थापना ले हाम्रो विरासत स्थापित हुन्छ। डेउडा प्रतिष्ठानको अभियानमा सहभागी हुन पाउँदा आफु निकै हर्षित भएको सबैलाई संमान गर्दै आगामी दिनमा समेत यस्ता कार्यमा सहभागी हुनेछु। कलाकारको हकहितमा समेत समर्पित डेउडा प्रतिष्ठानलाई सम्पुर्ण कलाकर्मी र कलाप्रेमिहरुले कालान्तर सम्म जोगाऔँ। साथै कल्याणकारी कोष जस्तो महाअभियानमा हातेमालो गरौं तथा आफ्नो जन्म दिनमा प्रतिष्ठानले आफू प्रती राखेको सद्भावका प्रती हार्दिक आभार व्यक्त गर्दछु । मलाई शुभकामना आशिर्वाद दिनु हुने सम्पुर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गर्दछु । वरिष्ठ उपाध्यक्ष विरेन्द्र साउदले भन्नुभयो ।

यो कोष डेउडा प्रतिष्ठानको मात्र नभई समस्त विभिन्न कला क्षेत्रमा कार्यरत कलाकर्मिहरुको साहाराको रुपमा उभिने भएकाले यस्को वृद्धि९ कल्याणकारी कोष० लाई सबैले प्राथमिकता दिनुपर्ने केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुरत रावत ू डोटेली कान्छाूले बताउनु भयो । हामीले ऎन नियम बनाई अघि बढाईरहेका छौं। सबैले आ(आफ्नो जन्म दिने या अन्य कुनै दिनलाई विशेष दिनको रुपमा बनाई कोषमा जम्मा गरि यो अभियान सफल पार्न समेतआग्रह गर्नु भएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap