धनगढीमा पब्लिक स्पिच कैलाली २०८० सम्पन्न


लेखक : सुन्दराञ्चल      चैत्र २५, २०८० मा प्रकाशित     
धनगढीमा पब्लिक स्पिच कैलाली २०८० सम्पन्न

धनगढी, २५ चैत, धनगढीमा पब्लिक स्पिच कैलाली २०८० सम्पन्न भएको छ। धनगढीमा रहेको अनाया एजुकेशन एकेडेमीको आयोजनामा स्पिच कार्यक्रम २ चरणमा सम्पन्न गरिएको हो।

पहिलो चरणका ४० जना सहभागिहरु मध्ये १६ जना छनोट गरेर दोस्रो चरणमा कार्यक्रम गरिएको आयोजक तथा अनाया एजुकेशन एकेडेमीकी सञ्चालक रुस्मा भुलले बतार्इन्। पब्लिक स्पिच कैलाली २०८० की विजेता कैलाली बहुमुखी क्याम्पसकी सोबिता बिनाडी भइन् । यस्तै द्वितिय धनगढी मोडेलकी सर्मीला धानुक , तृतीय एश्वर्य विद्या निकेतनकी कमला ओझा भइन् । यस्तै सान्त्वना एक्सिसकी सुस्मा सुवेदी र सारदा माध्यमिक बिद्यालयका गोबिन्द राज अवस्थी भएका थिए ।

कार्यक्रमका प्रथम विजेताहरुलाई नगद ७ हजार, दोस्रो बिजेतालाइ नगद ५ हजार, तेस्रो बिजेतालाई ३ हजार र सान्तोनालाई १५ सय साथै प्रमाणपत्र प्रदान गरिएको आयोजक तथा अनाया एजुकेशन एकेडेमीकी जानकारी दिए
कार्यक्रम निरज पास्वान,को सभापतित्वमा भएको कार्यक्रममाा, प्रमुख अतिथि चैतन्य पाठशालाका सञ्चालक गणेश जोशी, विशिष्ट अतिथि युवा परिषद्का कार्यकारी सदस्य शेर बाहादुर बिष्ट, रहेका थिए । कार्यक्रममा सञ्चारकर्मी तथा साहित्यकार डिल्लीराज ओझा, ऐरिष्टो इङलिस बोर्डिङ स्कुलका शिक्षक विकाश विश्वकर्मा र कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap