बाजुराका अधिकांश महिलाको आलु खेतीमा आकर्षण बढ्दै


लेखक : सुन्दराञ्चल      चैत्र २५, २०८० मा प्रकाशित     
बाजुराका अधिकांश महिलाको आलु खेतीमा आकर्षण बढ्दै

चैत्र २५ बाजुरा ,बाजुराका अधिकांश महिलाको आलु खेतीमा आकर्षण बढ्दै गएको छ। गाउँ बस्तीमा सडक सञ्जालको पहुँच भएसँगै गाउँमा उत्पादन गरेका आलुले समयमै बजार पाउन थालेपछि पछिल्लो समय महिलाको आलु खेतीप्रति आकर्षण बढ्दै गएको हो । अन्नबाली भन्दा आलु खेती गर्दा जीविकोपार्जन गर्न सहज देखिएपछि अहिले यहाँका महिलाको आलु खेतीप्रति आकर्षण बढ्दै गएको बुढीगङ्गा नगरपालिका–४ साहुवाडाकी अमृता खातीले जानकारी दिईन्।

उनीले भनिन् आलु खेती गर्न खासै ज्ञान नहुँदा लगाउन मन गरेकी थिएन। गाउँमै प्राविधिक आएर आलु खेती सम्बन्धी विभिन्न सल्लाह सुझाव दिन थालेपछि गाउँमा आलु खेती सुरु गरेकी छु।’’बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा , बडिमालिका, गौमुल, बूढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका क्षेत्रमा राम्रो आलु उत्पादन हुन्छ ।

बडिमालिका नगरपालिकाको रजातोली, ढम्कने, मना, कोर्द खप्तड छेडेदह गाउँपालिका १ को काँडा र २ को जयवाग्यश्वरीका स्थानीयले आलु खेती गरेर राम्रो कमाइ गर्दै आएका छन्।यहाँका किसानलाई पहिला गाउँमा उत्पादन गरेको आलुले समयमै बजार नपाउँदा सडेर जान्छ कि भन्ने चिन्ता थियो।

पछिल्लो समय भने आलु खरिद गर्नका लागि व्यापारी उनीहरुको बारीमै जान थालेपछि अहिले उनीहरुको त्यो चिन्ता हटेको छ। पछिल्लो समय यहाँका प्रत्येक गाउँ बस्तीमा सडक सञ्जालको पहुँच भएसँगै आलु खरिद गर्ने व्यापारी उनीहरुको बारीमै जान सुरु गरेका हुन्।अहिले यहाँका स्थानीयले उत्पादन गरेको अर्गानिक आलु देशका विभिन्न ठाउँमा बिक्री हुने गरेको छ। यहाँका किसानको नयाँ प्रविधिबाट उत्पादन भएको आर्गानिक आलुले बजार पनि राम्रो पाउन थालेपछि पछिल्लो सयम यहाँका महिलाको आलु खेतीप्रति चासो बढेको हो।

अहिले यहाँका अधिकांश किसानले अन्नबाली भन्दा पनि आलु खेती बढी गर्न थालेका छन्। कयौं किसानले त धान कोदो लगाउन छोडेर आलु खेती मात्र गरेका छन्। बजारको आलु भन्दा गाउँमै उत्पादन गरेको अर्गानिक आलुले स्वास्थ्यलाई फाइदा दिने भएकोले पछिल्लो समय देशका विभिन्न ठाउँमा बाजुराको आलुको माग बढ्दै गएको यहाँका स्थानीय बताउँछन्।

सडक पहुँच भएसँगै गाउँमा उत्पादन गरेको अर्गानिक आलुले समयै बजार पाउन थालेपछि यहाँका महिलाको आलु खेती प्रति आकर्षण बढ्दै गएको बुढीगङ्गा नगरपालिका९४ साहुवाडाका कृषक कृष्ण खातीले बताए । कृषि ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदानमा गत वर्ष बाजुरामा उत्पादन गरिएको सयौँ क्विन्टल भन्दाबढी अर्गानिक आलु देशका विभिन्न बजारमा बिक्री गरिएको थियो। बाजुराको एक हजार ९२५ हेक्टर जमिनमा झण्डै २० हजार ४७० मेट्रिकटन आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap