कहिले होला सुदूरपश्चिममा सरकार गठनका लागि आह्वान ?,


लेखक : सुन्दराञ्चल      चैत्र २३, २०८० मा प्रकाशित     
कहिले होला सुदूरपश्चिममा सरकार गठनका लागि आह्वान ?,

 चैत्र २३ ,सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका छैनन् ।

विश्वासको मत पाउने अवस्था नभएपछि मुख्यमन्त्री शाहले बिहीबार साँझ अन्तिम समयमा प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाएका थिए ।
मुख्यमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख मियाँ कानुनी परामर्शमा जुटेका छन् । शाह संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका थिए ।

अब नयाँ सरकार गठनका लागि उपधारा (५) अनुसार आह्वान गर्ने कि उपधारा (२) मा फर्किने भन्ने विषयमा प्रदेश प्रमुख कानुनी परामर्श गर्ने भएका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका सचिव शैलेश ढुंगानाले प्रदेश प्रमुख कानुनी परामर्शपछि मात्र नयाँ सरकार गठनका लागि आह्वान गर्ने जानकारी दिए । जहाँसम्म भोली सार्वजनिक विदा शनिबार परेको हुँदा आजै सरकार गठनका लागि आहन गर्ने सम्भावना रहेको जनाइएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap