शिल्पाको बहिनी भनेर चिनिएको भन्दै रोइन् समिता


लेखक : सुन्दराञ्चल      भदौ १, २०७८ मा प्रकाशित     
शिल्पाको बहिनी भनेर चिनिएको भन्दै रोइन् समिता

विवादकै कारण चर्चामा रहने चर्चित रियालिटी शो ‘बीग बोस’को नयाँ सिजन ओटीटीमा सार्वजनिक भएको छ । ८ अगष्टमा यो शोको प्रिमियर ओटीटीबाट भएको थियो । यो शोलाई निर्माता तथा निर्देशक करण जोहरले संचालन गरिरहेका छन् ।

शोमा बलिउड नायिका समिता सेट्टी सहभागी भएपछि धेरै आश्चर्यमा परेका थिए ।कार्यक्रममा करणले समिताको खेल खेल्ने तरिकाको तारिफ गरेका थिए । उनले, समिताको मौनताको बिषयमा पनि प्रश्न गरेका थिए । करणको प्रश्नपछि समिताले आँशु रोक्न सकिनन् । उनले, बलिउडमा २०–२१ बर्ष लामो आफ्नो यात्रा सहज नभएको भन्दै आफू सधै शिल्पा सेट्टीको छायामा परेको पनि बताएकी छिन् ।

दुई दशक भन्दा लामो समयसम्म बलिउडमा रहँदा पनि आफूलाई शिल्पाकी बहिनी भनेर मात्र दर्शकले चिनेको भन्दै आफ्नो पहिचान नबनेको गुनासो गरिन् । उनले, आफ्नो पहिचान बनाउनका लागि अझै पनि संघर्ष नै गर्नुपरेको भन्दै करणको अगाडि आँशु रोक्न सकिनन् ।

समिताले यो शोमा पहिलो पटक सहभागीता जनाएकी होइनन् । उनी, सन् २००९ मा ‘बीग बोस ३’मा पनि सहभागी भएकी थिइन् । सन् २००० मा चलचित्र ‘मोहब्बते’बाट बलिउडमा डेब्यू गरेकी समिताले ‘झलक दिखल जा, फियर फ्याक्टर, खतरो के खिलाडी ९’ लगायतका रियालिटी शोमा भाग लिइसकेकी छिन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap