चैत्र ८, बुधबारदेखि देशका धेरै स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति कोशी, मधेस र बागमती प्रदेशमा वर्षा भएको छ ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बिहीबार र शुक्रबार पनि वर्षाको सम्भावना रहेको छ । उनका अनुसार बिहीबार कोशी र मधेस प्रदेशमा हुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरे । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । ।