सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख मियाँले गरे पदभार ग्रहण


लेखक : सुन्दराञ्चल      चैत्र ३, २०८० मा प्रकाशित     
सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख मियाँले गरे पदभार ग्रहण

धनगढी चैत्र ३, सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख नजीर मियाँले शुक्रबार पदभार ग्रहण गरेका छन्। शुक्रबार धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहणपछि उनले प्रदेशको काम इमान्दारिताका साथ गर्ने प्रतिवद्धता गरे। ‘म प्रदेशमा रहँदासम्म इमान्दारिताका साथ काम गर्नेछु। कसैसँग पक्षपात गर्नेछैन। सम्पूर्ण जनतालाई समान ब्यवहार गर्नेछु, उनले भने। प्रदेश प्रमुख मियाँले आफूले सुदूरपश्चिमबाट जाँदा सबैले राम्रो काम गर्‍यो भन्ने वातावरण बनाउन कोसिस गर्ने बताए। ‘म यहाँबाट जाँदा सबैले राम्रो काम गर्‍यो भनून, म कानुनबमोजिम जनताको पक्षमा काम गर्नेछु, उनले भने।

नजीर मियाँ, लोकतान्त्रिक गणतन्त्रको मुश्लीम समुदायबाट पहिलो प्रदेश प्रमुख हुन्। नयाँ गठबन्धनको सरकारले यसअघिका प्रदेश प्रमुख देवराज जोशीलाई हटाएर मियाँलाई नियुक्त गरेको थियो। मधेस, गण्डकी र सुदूरपश्चिम गरी तीन प्रदेशका प्रदेश प्रमुख नयाँ नियुक्त भएका हुन्। मियाँ अर्घाखाँची जिल्लाका हुन्। मियाँ नेपाल मुस्लिम इत्तेहाद संगठनका पूर्व अध्यक्षसमेत हुन्।

No description available.

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap