विद्यार्थीका लागि दिवा खाजाका रूपमा कोदोको परिकार


लेखक : सुन्दराञ्चल      फाल्गुन ३०, २०८० मा प्रकाशित     
विद्यार्थीका लागि दिवा खाजाका रूपमा कोदोको परिकार

बाजुरा फागुन ३०, बाजुरा( बडीमालिका नगरपालिकाका सामुदायिक विद्यालयले विद्यार्थीका लागि दिवा खाजाका रूपमा कोदोको परिकार खुवाउन थालेका छन् । स्थानीय उत्पादन कोदो, मकैलगायतका परिकार विद्यार्थीलाई खुवाउँदा स्थानीय उत्पादनको प्रवर्धन एवं बालबालिकाको स्वास्थ्यमा राम्रो गर्ने अपेक्षा गरिएको छ ।

बडीमालिकाका प्रमुख अमर खड्काका अनुसार नेपाल सरकारले दिवा खाजाका लागि दिँदै आएको बजेटले गाउँमै उत्पादित अन्न खपत गरिएको छ । सामुदायिक विद्यालयमा हप्ताको एक दिन कोदोको परिकार खुवाउने गरिएको छ । यसले स्थानीय उत्पादनको प्रवर्धनमा सहयोग पुग्ने छ । यस कार्यले रैथाने बालीको संरक्षण र बालबालिकालाई पौष्टिक आहारको व्यवस्थासमेत हुने विश्वास गरिएको छ । हाल २५ वटा सामुदायिक विद्यालयमा स्थानीय उत्पादनको खाजा खुवाइने गरिएको छ ।

प्रारम्भिक बालविकास कक्षादेखि कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकाले दिनको एक पटक दिउँसो खाजा सुविधा पाइरहेका छन् । बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन नेपाल सरकारले दिवा खाजा अनिवार्य गरेको छ । कालिका आधारभूत विद्यालयका शिक्षक जङ्गबहादुर विकले दिवा खाजा कार्यव्रmम बालबालिकाका लागि आकर्षक भएको बताए। दिवा खाजा कार्यव्रmमले गर्दा विद्यार्थीको अनुपस्थित दर घटेको बताइन्छ ।
बडीमालिका नगरपालिकाका २५ वटा सामुदायिक विद्यालयका दुई हजार ८५८ बालबालिकाले दिवा खाजा लिइरहेका छन् । कृषि प्राविधिक रमेश विकका अनुसार बडीमालिका नगरपालिकाले दुई लाख ७५ हजार रुपियाँको बजेट दिवा खाजाका लागि छुट्याएको छ ।गोरखापत्रबाट

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap