आज महाशिवरात्रि, बेहडाबाबामा पुष्प वर्षा र दीप प्रज्वलन गरिदैँ


लेखक : सुन्दराञ्चल      फाल्गुन २५, २०८० मा प्रकाशित     
आज महाशिवरात्रि, बेहडाबाबामा पुष्प वर्षा र दीप प्रज्वलन गरिदैँ

 फाल्गुन २५,धार्मिक महत्व बोकेको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा महाशिवरात्रिका अवसरमा हेलिकप्टरद्वारा पुष्प वर्षा र सवा दुई करोड दीप प्रज्वलन गरिने भएको छ ।
बेहडाबाबा फाउन्डेसन, मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिको आयोजनामा माहाशिवरात्रिको अवसरमा पुष्प वर्षा र सवा दुई करोड दीप प्रज्वलन गरिन लागेको हो । महाशिवरात्रि तथा सवा दुई करोड दीप प्रज्वलन कार्यक्रमको तयारी पूरा भएको आयोजक बेहडाबाबा फाउन्डेसन तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पद्मराज जोशीले बताए । ‘हरेक वर्ष आयोजना गरिने महाशिवरात्रि मेलामा पहिलो पटक हेलिकप्टरबाट पुष्प वर्षा गरिन लागिएको छ । यो वर्ष सवा दुई करोड दीप प्रज्वलन गर्ने कार्यक्रम पनि राखिएको छ । शिवरात्रि आयोजनाको सम्पूर्ण तयारी पूरा भएको छ’ जोशीले भने ।
अध्यक्ष जोशीले कैलालीको प्रसिद्ध धार्मिकस्थल मानिने बेहडाबाबालाई पर्यटकीय गन्तव्य बनाउनका लागि प्रचारप्रसार गर्न हेलिकप्टरबाट पुष्प वर्षा गराउन लागिएको बताएका छन् । शुक्रवार महाशिवरात्रिको दिन बिहान ११ देखि मध्याह्न १२ बजेको समयमा हेलिकप्टरबाट पुष्प वर्षा गराइने र अपराह्न ४ बजे सवा दुई करोड दीप प्रज्वलन गरिने जोशीले बताएका छन् । पुष्प वर्षा कार्यक्रमका लागि नरेन्द्र शाहको संयोजकत्वमा रहेको टोलीले १४ लाख नौ हजार नौ सय ५० रकम सङ्कलन गरिसकेको छ । पुष्प वर्षाका लागि हेलिकप्टर भाडाबापत ११ लाख र तीन क्वीन्टलटल फूलका लागि दुई लाखसहित जम्मा १३ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।
धनगढी उपमहानगरपालिकाले शिवगङ्गा नदीदेखि मन्दिरसम्मको सडक रोलर लगाएर आवतजावत गर्न सहज हुने बनाएको तथा मन्दिर दर्शन गर्न आउने भक्तजनले पार्किङ शुल्क तिर्न नपर्ने व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जोशीले बताएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap