धनगढी– फागुन २३, कैलालीको गोदावरीमा इलेक्ट्रिक भ्यान दुर्घटना हुँदा चार जना घाइते भएका छन् । डडेल्धुराबाट अत्तरिया तर्फ आउँदै गरेको सुप प्र ०२१ ज ४७९ नम्बरको इलेक्ट्रिक भ्यान बुधबार दिउँसो गोदावरीको भ्यागुतेपानीमा दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।
