सुदूरपश्चिम प्रदेशस्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली विजयी


लेखक : सुन्दराञ्चल      फाल्गुन २३, २०८० मा प्रकाशित     
सुदूरपश्चिम प्रदेशस्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली विजयी

फागुन २३ धनगढी ,सुदूरपश्चिम प्रदेशस्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली विजयी भएको छ । धनगढी रङ्गशालामा सम्पन्न प्रतियोगितामा कैलालीले ६४ पदकसहित विजयी भएको हो । कैलालीले ३१ स्वर्ण, १८ रजत र १५ कास्यसहित ६४ पदक ल्याएर उपाधि जित्न सफल भएको छ । त्यस्तै कञ्चनपुर दोस्रो र डडेल्धुरा तेस्रो भएको छ। कञ्चनपुरले १९ स्वर्ण, १८ रजत र १५ कास्य गरि ५२ पदक र डडेल्धुराले ७ स्वर्ण, १० रजत र १६ कास्य गरि ३३ पदक सहित तृतीय भएको हो ।

 

No description available.

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय जिल्लालाई सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दीपकबहादुर सिंहले नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा सहभागी अन्य बैतडीले ५ स्वर्ण, २ रजत र १० कास्य गरि १७ पदक, बझाङले २ स्वर्ण, ४ रजत र १३ कास्य गरि १९ पदक, बाजुराले १ स्वर्ण, ६ रजत र १३ कास्य गरि २०, अछामले १ स्वर्ण, १ रजत र ६ कास्य गरि ८, दार्चुलाले ४ रजत र ३ कास्य गरि ७, र डोटीले ३ रजत र ८ कास्य गरि ११ पदक जितेका छन् ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कराँते विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरू मध्येबाट केन्द्रमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराइने प्रदेश खेलकुद परिषदले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap