बाजुरा– जिल्लाको खप्तड छेडेदहमा मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि पारित


लेखक : सुन्दराञ्चल      फाल्गुन २०, २०८० मा प्रकाशित     
बाजुरा– जिल्लाको खप्तड छेडेदहमा मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि पारित

बाजुरा फागुन २०, बाजुरा– जिल्लाको खप्तड छेडेदह गाउँपालिकाले ‘मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि, २०८०’ पारित गरेको छ । गाउँपालिकाको १४औँ हिउँदे अधिवेशनमा पेस गरिएको कार्यविधि गाउँसभाको शुक्रबार बसेको बैठकले सर्वसम्मत पारित गरेको गाउँपालिकाकी उपाध्यक्ष बिसुदेवी नाथले जानकारी दिए।
सामाजिक कुप्रथाका रुपमा रहेको छाउपडी प्रथा निवारण र महिलालाई गरिने विभेद अन्त्य गर्नका लागि उक्त कार्यविधि ल्याइएको उनले बताए । पालिकामा सामाजिक समस्याका रुपमा रहेको छाउ कुप्रथाको उचित निवारणका लागि मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि पारित गरिएको हो ।
कार्यविधि पारित भएसँगै मर्यादित महिनावारी शब्द सम्बोधन गरिने र निवारणका लागि कार्यविधिबमोजिम काम गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावतले बताए । समाजमा व्याप्त रहेको छाउपडी प्रथालाई पालिकास्तरबाट नै निवारण गर्ने गरी कार्यविधि अघि सारिएको उनको भनाइ छ । कार्यविधि कार्यान्वयन भएसँगै महिलामाथि हुने विभेद कम हुने अपेक्षा लिइएको उनले बताए ।
गाउँ सभाले उक्त कार्यविधिसँगै अन्य आठवटा कार्यविधि पनि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण उपाध्यायले बताए। हिउँदे अधिवेशनमा पेस गरिएका विषयगत समिति कार्य सञ्चालन कार्यविधि, टोलविकास संस्था गठन तथा परिचालन निर्देशिका, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, गाउँपालिका कार्य सञ्चालन निर्देशिका र कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार आचारसंहिता सभाले पारित गरेको छ ।

No description available.

खप्तड छेडेदहमा शिक्षा चेतनामा कमी, विकासका पूर्वाधार निर्माणमा सुस्तता र स्रोत साधनको प्रयोगमा पछाडि रहेकाले स्थानीय स्रोत साधनको उच्चतम् प्रयोग गर्दै पालिकालाई समृद्ध बनाउन निरन्तर पहल गरिरहेको अध्यक्ष रावतले बताए। उनका अनुसार चालू वर्षको हालसम्म कूल बजेटको २९।४ प्रतिशत खर्च भएको छ ।
गाउँ सभाले नागरिकका जनजीविकाका सवालमा आधारित भई पालिकामा नीति निर्माण गर्दै कार्यान्वयनमा जोड दिइएको उपाध्यक्ष नाथले बताए। पालिकामा थुप्रै नीतिनियम निर्माण गर्न बाँकी रहेका भन्दै आगामी दिनमा स्थानीय तहको अधिकार क्षेत्रभित्र रहेर बनाइएका नीति कार्यान्वयनमा पहल गरिने उनको भनाइ छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap