महादेव गिरी संवाददाता
धनगढी फागुन १६, वाईफाई नेपालको २४ महिने अफरमा ३१ प्रतिशत छुट सहित मासिक २७० रुपैयाँमा इन्टरनेट धनगढी । नेपाल कै सबैभन्दा सस्तो र भरपर्दो फाइबर इन्टरनेट वाईफाई नेपालले ३१ प्रतिशत छुट सहित २४ महिने अफर ल्याएको छ । छोटो समय मै देशभरी आक्रमक रुपमा सेवा विस्तार गरिरहेको वाईफाई नेपालले २४ महिनाको इन्टरनेट प्याकेज जडानमा ३१ प्रतिशत छुट दिने अफर ल्याएको हो । आवासीय र साना तथा मझौला व्यवसायहरूका लागि उपयुक्त हुने गरि २४ महिने अफर प्याकेज ल्याएको जनाइएको छ । जस अनुसार २४ महिने प्याकेज जडान गर्दा ८० एमबीपीएसको इन्टरनेटलाई ११ हजार ८६५ पर्नेछ । भने ५० एमबीपीएसको इन्टरनेटलाई ८ हजार ४७५ पर्ने जनाइएको छ । यसरी २४ महिने प्याकेजलाई मासिक रुपमा हिसाब गर्दा ८० एमबीपीएसलाई रु ३६७ र ५० एमबीपीएसलाई रु २७० पर्नेछ जुन नेपाल कै सबैभन्दा सस्तो हुने बताइएको छ। स्थापनाको करिब १ बर्षको अवधिमा देशका सातै प्रदेशमा शाखा विस्तार संगै सेवा उपलब्ध गराइरहेको कम्पनीले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट पनि सेवा सुचारु गरिसकेको छ । धनगढी चौराह नजिक मेनरोडमा वाईफाई नेपालको शाखा कार्यालय रहेको छ ।

हालसम्म धनगढी बजार क्षेत्रमा सेवा विस्तार गरिसकेको वाईफाई नेपालले अबको १ महिनाभित्र फूलवारी,अत्तरिया,टिकापुर,लम्की,बेलौरी लगायतका स्थानहरुमा सेवा विस्तार गर्ने जनाएको छ । बजार क्षेत्र संगै ग्रामीण क्षेत्रमा पनि सस्तो र भरपर्दो इन्टरनेट सेवा पुर्याउन तिब्र गतिमा काम भइरहेको धनगढी शाखा प्रमुख आशिष सोनीले बताए । उनले हाल ५० र ८० एमबीपीएसका विभिन्न प्याकेजहरु संचालनमा रहेकोमा नयाँ बर्षको बैशाखदेखि नेट टिभी र ८० एमबीपीएस भन्दा बढीका प्याकेजहरु संचालन गरिने बताए । २४ महिने अफर बाहेक वाईफाई नेपालका १२ महिने प्याकेज जडान गर्दा ५० एमबीपीएसलाई ६ हजार २१५ र ८० एमबीपीएसलाई ८ हजार ४७५ पर्ने जनाइएको छ । त्यसैगरि ६ महिने प्याकेज जडान गर्दा ५० एमबीपीएसलाई ४ हजार ६८ र ८० एमबीपीएसलाई ५ हजार ३११ पर्नेछ ।सुरुमा जडान गर्दा राउटरको शुल्क समेत समावेश गरिएकोमा नविकरण गर्दा राउटरको मूल्य घटाइने छ । इन्टरनेटको पेमेन्ट खल्ती र ईसेवा बाट गर्न सकिने जनाइएको छ ।धनगढीमा वाईफाई नेपालको सेवा लिनका लागि ९८०२३७००४४र४३र४२ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।