आज देखी सुदूरपश्चिममा दादुरा–रुबेलाबिरुद्धको खोप अभियान सुरु


लेखक : सुन्दराञ्चल      फाल्गुन १३, २०८० मा प्रकाशित     
आज देखी सुदूरपश्चिममा दादुरा–रुबेलाबिरुद्धको खोप अभियान सुरु

धनगढी फागुन १३, सुदूरपश्चिममा दादुरा–रुबेलाबिरुद्धको खोप अभियान सुरु भएको छ । दादुरा–रुबेला बिरुद्धको खोप अभियान २०८०÷८१ अन्तरगत यस प्रदेशमा आजबाट खोप सुरु गरिएको हो । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालामा आज स्वास्थ्य निर्देशनालय डोटीले एक कार्यक्रमका गरि खोप अभियानको सुरु गरेको हो । स्वास्थ्यकर्मीलाई भ्याक्सिन हस्तान्तरण गरेर सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले खोप अभियानको शुभाम्भ गरे ।

कार्यक्रममा बोल्दै मन्त्री साउदले सरकारले लिएको दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्य प्राप्त गर्न सबै प्रदेशबासीलाई खोप अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरे । उनले भने ‘बालबालिकालाई रोग लाग्न नदिनु सरोकारवाला सबैलाई खोप अभियानमा सहभागी हुन आग्रह गर्दछु । प्रदेशका सम्पूर्ण लक्षित बालबालिकामा खोप अभियान पुग्ने विश्वास व्यक्त गर्दै उनले अभियान सफल हुने पनि विश्वास व्यक्त गरे ।

सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह ‘निर्मल’ले सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए । दादुरा रोग निवारण गर्न सरकारले ठूलो लगानी गरेको छ । यो अभियान सफल बनाउन प्रदेशका सबै जनता अभियानमा जोडिनु पर्छ ।’
सुदूरपश्चिममा बढिरहेको बाल मृत्युदर घटाउन पनि सबैले सचेत भएर खोप अभियानमा जोडिन पर्ने उनले बताए । खोप अभियानमा कोही पनि लक्षित बालबालिका छुट्न नहुने उनको भनाइ थियो ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक डा।जगदीश जोशीले दादुराबिरुद्धको खोप लगाउन डराउनु पर्ने अवस्था नभएको बताए । उनले भने ‘खोप निःशुल्क,सुरक्षित र स्वास्थ्यबद्र्धक छ । खोपमा शंका गर्नुपर्ने छैन् ।’ प्रदेशभरी पाँच लाख २३ हजार आठ सय ३९ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको बताउँदै नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि खोप लगाइने बताए । उनले भने कैलाली र कञ्चनपुरमा नौ महिनादेखि १५ बर्ष मुनिका र अन्य जिल्लामा नौ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउने योजना छ । आज प्रदेशभरी नै अअभियान सुरु भएको उनले बताए ।

 

Open photo

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap