आज देखी नेपालका धेरै स्थानमा बदली र वर्षाको सम्भावना


लेखक : सुन्दराञ्चल      फाल्गुन ७, २०८० मा प्रकाशित     
आज देखी नेपालका धेरै स्थानमा बदली र वर्षाको सम्भावना

६ फागुन, काठमाडौं । सोमबारदेखि नेपालका धेरै स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज आइतबार विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीको असरले वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सोमबारदेखि शुक्रबारसम्म नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ । शनिबारदेखि मात्र मौसम सुधार हुँदै जाने छ ।

यो प्रणाली गत माघ तेस्रो साताको प्रणालीभन्दा शक्तिशाली छ । त्यसैले त्यतिबेलाको भन्दा यसपटक अलि बढी बादल र वर्षा हुने प्रक्षेपण छ ।

पश्चिमी वायु नेपाल छिरिसकेकाले अधिकांश स्थानमा आज (आइतबार) अपराह्नदेखि नै बादल लागिसकेको छ । तर वर्षा भोलि (सोमबार)देखि सुरु हुने सम्भावना छ ।

कुन ठाउँमा कस्तो असर ?

यो प्रणालीको असर देशभर एकनासको भने हुनेछैन । ‘यसको प्रभाव पश्चिम नेपालमा बढी हुनेछ, मध्य भेगमा हल्का र पूर्वी तराइमा न्यून प्रभाव रहने देखिन्छ,’ त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेल भन्छन्, ‘अब लगातार तीन दिनसम्म घाम नलाग्ने नै देखिन्छ ।’

उनका अनुसार भोलिदेखि पश्चिमी भूभाग, विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशका माथिल्लो भेगमा राम्रै वर्षा हुने सम्भावना छ । मंगलबार यसको असर अझै बढी देखिने छ । त्यसैले सुदूरपश्चिम र कर्णाली प्रदेशभर मंगलबार पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ ।

बुधबारदेखि पानी पर्ने क्रम कम हुँदै जाने छ । तर बादल भने डम्मै लाग्ने सम्भावना छ ।

सोमबार नै लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

थोरै स्थान भन्नाले १० देखि ३० प्रतिशतसम्म ओगटिएको क्षेत्र भन्ने बुझिन्छ भने केही स्थान भन्नाले ३० देखि ५० प्रतिशतसम्मको क्षेत्रलाई बुझिन्छ ।

हल्का वर्षाले १० मिलिमिटरभन्दा कम वर्षालाई जनाउँछ भने मध्यम वर्षा भन्नाले १० मिलिमिटरभन्दा बढी र ५० मिलिमिटर भन्दा कम वर्षालाई बुझिन्छ ।

पश्चिमी वायुको अहिलेको प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जानेछ । त्यसक्रममा मंगलबारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

बिहीबार बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

शुक्रबार भने गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. पोखरेलका अनुसार लुम्बिनी प्रदेशको पश्चिमी भाग बढी प्रभावित हुनेछ ।

यो प्रणालीको असर काठमाडौं उपत्यकामा पनि देखिने छ । काठमाडौंमा पनि मंगलबारदेखि नै असर देखिन थाल्ने छ ।

काठमाडौंमा हल्का वर्षाको सम्भावना छ । ‘काठमाडौंमा अस्तिको बेलामा भन्दा बढी वर्षा हुने देखिन्छ,’ मौसमविद पोखरेलले भने । मधेश प्रदेशमा भने वर्षाको सम्भावना ज्यादै कम रहेको उनले बताए । ‘मधेशमा पानी परिहालेछ भने पनि छिटफुट होला, त्यो पनि ज्यादै कम सम्भावना देख्छु,’ उनले भने ।

कोशी प्रदेशमा भने पहाडी भेगमा वर्षाको सम्भावना छ ।

सुक्खा नै हुनेछ हिउँदयाम

यस वर्षको हिउँदयाम सकिन दुई हप्ताभन्दा कम समय बाँकी छ । तर हिउँदयाममा जति पानी पर्नुपर्ने हो त्यति अझै परेको छैन । अहिलेको वर्षाले पनि पानीको अभावलाई पूर्ति नगर्ने मौसमविद बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा नेपालका अधिकांश स्थानमा सरदरभन्दा बढी हिउँदे वर्षा हुने प्रक्षेपण गत मंसिरमा सार्वजनिक गरेको थियो । नेपालमा मंसिर १५ गतेदेखि फागुन १५ गतेसम्मको अवधिलाई हिउँदयाम मानिन्छ ।

यो अवधिमा ६०.१ मिलिमिटरसम्मको वर्षालाई सरदर मानिएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद सुदर्शन हुमागाईंका अनुसार हिउँदमा वर्षभरि हुने वर्षामध्ये करिब ४ प्रतिशत पानी पर्ने गर्छ । तर यस वर्षको हिउँदयाम सकिनै लाग्दा पनि पूर्वप्रक्षेपण अनुसार वर्षा भएको छैन ।

‘अब यो हिउँद सकिन १०–१२ दिन मात्र बाँकी छ । हालसम्म हिउँदयाममा सरदर ७.६ मिलिमिटर मात्र वर्षा भएको छ । यो हिउँदमा हुने सरदर वर्षाको करिब १३ प्रतिशत मात्र हुन्छ,’ हुमागाईंले अनलाइनखबरसँग भने । अहिलेको प्रणालीले सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भूभागमा बढी पानी पार्ने भएकाले त्यसले सरदरको अलि नजिक पुग्ने देखिए पनि बाँकी भूभागमा भने सरदरको नजिक पनि नपुग्ने उनले बताए ।

अर्का वरिष्ठ मौसमविद डा. पोखरेलले पनि अहिलेको प्रणालीले हिउँदयामको वर्षाको सरदर मात्रा नपुग्ने बताए ।

‘धेरै ठाउँमा अहिले पनि वर्षा शून्य प्रतिशत नै छ । पानी परेका ठाउँमा पनि जति पर्नुपर्ने हो त्यसको लगभग १०–१५ प्रतिशतभन्दा बढी परेको छैन । अलिकति बढी पानी परेको कर्णाली प्रदेशतिर मात्र हो,’ मौसमविद पोखरेलले भने, ‘अहिलेको वर्षाले पनि त्यसलाई पूर्ति गर्ने देखिँदैन ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap